काठमाडौं, ३० चैत २०७८
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हरेक वर्ष प्रदान गर्ने वेष्ट रिसर्च पेपर अवार्डबाट डा. गुणराज ढुंगाना सम्मानित भएका छन्।
यस्तैगरी रिसर्च लाईफ टाइम अचिभमेन्ट अवार्डमा प्रा.डा. मदन कुमार उपाध्याय सम्मानित भएका छन्। यस वर्षको अर्को महत्वपूर्ण एवार्ड हेल्थ रिसर्चर एवार्ड डा. सरुना घिमिरेले प्राप्त गरेकी छिन् ।
मंगलबार परिषद्ले आयोजना गरेको आठौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक शिखर सम्मेलनको एवार्ड प्रिजेन्टेसन तथा समापन समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. श्यामसुन्दर यादव र परिषद्का अध्यक्ष डा. गेहनाथ बरालले पुरस्कार प्रदान गरेका छन् ।
यस्तैगरी अन्य अवार्डमा मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट योङ हेल्थ रिसर्चर एवार्ड चिकित्सक डा. अपेक्षा निरौला, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट योङ हेल्थ रिसर्चर अवार्ड (नन क्लिनिकल): अच्युतराज पाण्डे, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट योङ हेल्थ रिसर्चर एवार्ड: एनएचआरसी स्टाफ अनुसन्धान अधिकृत अनिल पौडेल, प्रिजेन्टेसन एवार्ड (ओरल): डा. नवा थापा, वेष्ट प्रिजेन्टेसन (पोष्टर) अवार्ड सोनिया श्रेष्ठ, बेस्ट इम्पोलोय अफ द इयर अवार्ड: प्रशासन अजयकुमार लाल र वेष्ट सेक्सन अफ द इयर एवार्ड : इथिकल सेक्सनले पाएका हुन्।