कैलाली, १ असोज २०७९
स्वास्थ्य क्षेत्रसँग सम्बन्धित समस्या समाधान गर्न माग राख्दै आएका अनसनरत वरिष्ठ चिकित्सक डा. गाेविन्द के.सी. र सरकारबिच विगतमा पटकपटक सम्झाैता हुदै आएक थियो।
ती सम्झौता कार्यान्वयनका निम्ति डा. गाेविन्द केसीले पुनः २० औं सत्याग्रह सुदूरपश्चिमकाे धनगढीबाट सुरु गर्नुभएको छ। सत्याग्रहको आज छैठौं दिन पुगेकाे छ । अनसरत डा. के.सी.काे स्वास्थ्य अवस्था कमजोर भई उहाँलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।
डा. केसीको स्वास्थ्य अवस्था बुझ्न कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री किरण थापा, नागरिक समाजका अगुवा प्रा. डा. राजेन्द्रवीर चन्द, प्रा. जगन्नाथ जाेशी, नागरिक अगुवा प्रमोद पाठक, प्रजातान्त्रिक विचार समाज सुदूरपश्चिम प्रदेश अध्यक्ष प्रा. सुरेन्द्र बहादुर चन्द, सचीव बेद प्रकाश जोशी, नेपाल चिकित्सक संघका केन्द्रीय सदस्य एवं गेटा मेडिकल कलेजका निर्देशक डा. प्रमाेद जाशी, नेपाल चिकित्सक संघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष डा. प्रदीप मिश्र, प्रा. घनश्याम भट्ट र प्रा. मुकेश चन्द ज्यू लगायतकाे टिमले डा.के.सीले उठाउनु भएका आम सराेकारसँग सम्बन्धित मागहरूप्रति सरकार गम्भीर हुनु पर्ने, डा. के. सी.काे जीवन रक्षाका लागि पनि सरकारले ध्यान दिनु पर्ने धारणा राख्दै उहाँको शीघ्र स्वास्थ्य लाभकाे कामना गर्नु भएकाे छ ।