काठमाडौँ, १८ साउन २०८०
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी डा. चुमनलाल दासले पाएका छन्।
स्वास्थ्यमन्त्री मोहन बस्नेतले डा. दासलाई बुधबार महाशाखा प्रमुखको जिम्मेवारी दिएका हुन्।
यसअघि सो महाशाखामा यशोदा अर्याल प्रमुखका रुपमा कार्यरत थिईन् । उनी अध्ययन विदामा अमेरिका जाने भएपछि मन्त्री बस्नेतले डा. दासलाई जिम्मेवारी दिएका हुन्।
यसअघि डा. दास इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुखका रुपमा कार्यरत थिए।