काठमाडौं, १५ साउन २०७९
नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा. डा. चेतराज पन्त पुरस्कृत भएका छन् ।
कर्मयोगी बद्रीबिक्रम थापा स्मृति सेवा गुठीले स्थापना गरेको कर्मयोगी बद्रीबिक्रम थापा स्मृति सेवा पुरस्कार हालै राजधानीमा आयोजित विशेष समारोहमा डा. पन्तलाई प्रदान गरिएको हो ।
२ लाख २२ हजार २ सय २२ रुपैया रासीको यो पुरस्कार समाजसेवाका क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने व्यक्तिलाई प्रदान गर्ने गरिन्छ । २०५३ सालमा स्थापना भएको यो पुरस्कार हरेक २ वर्षमा प्रदान गरिदै आएको छ ।