काठमाडौं, ०४ वैशाख २०७९
युवा चिकित्सककाे नक्षत्रका रुपमा आफुलाई स्थापित गराउन सफल आयुर्वेद चिकित्सक डा. चेतराज जोशी “सार्क क्षेत्रीय प्रतिभा पुरस्कार २०२२” बाट सम्मानित भएका छन् ।
आयुर्वेद चिकित्सा पेशा सँगसँगै जोशीले समाजसेवालाई पनि साथमै लिएर अगाडी बढेका छन् । उनले समाजसेवामा पुर्याएकाे याेगदानकाे कदर गर्दै अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका हुन् ।
आयुर्वेद चिकित्सा क्षेत्रमा जोशी एक हाेनहार, असल र समाजसेवीका रुपमा परिचित छन् । डोटीमा जन्मेका डा. जोशीले आफ्नाे कर्मथलाे धनगढी बनाएका छन् । स्वास्थ्य शिविर र केही समाज सेवाकाे काम भए उनी त्यस स्थानमा पुग्ने पहिलाे युवा चिकित्सक हुन्छन् । उहाँले सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लामा पुगेर निशुल्क स्वास्थ्य शिविर गरी जनताहरुको सेवा गरेका छन्।
डा. जोशी अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा एवं सामाजिक विकास मन्त्रालय सुदुरपश्चिम् प्रदेश माननिय मन्त्रीज्युको निजि सचिव पनि हुन। उहाँले कोभिड महामारीको बेलामा आयुर्वेद र वैकल्पिक चिकित्सा योग आदिको माध्यम बाट प्रदेश भरी योग शिविर तथा आइसोलेसन तथा क्वारेन्टाइन केन्द्रमा आयुर्वेद चिकित्सा पद्धतिको भरपुर उपयोग गरेका थिए। सुदुरपश्चिम प्रदेशमा आयुर्वेद तथा योग चिकित्सा विधाको प्रचार प्रसारको लागि काम गरेको र सरकारी तहमा आयुर्वेद विधालाई अगाडि लैजान नितिगत निर्णय गराउन भुमिका खेलेको छ।
डा. जोशी कोभिडको बेलामा सम्पुर्ण अस्पताल तथा आयुर्वेद स्वास्थ्य संस्था सँग लगतार समन्वय गर्दै आउनुभएको छ।