काठमाडौं, ७ फागुन २०७९
भारतको बम्बईमा उपचाररत नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएपछि हातको जलेको भागले काम गर्न थालेको छ।
बम्बईस्थित नेशनल बर्न्स सेन्टरमा उपचाररत भण्डारीको पछिल्लो समय काउन्सिलिङ्गको काम भइरहेको छ ।
भण्डारीसँगै गएका माधव न्यौपानेका अनुसार डाक्टरबाट काउन्सिलिङ्को काम सकिएको छ । हाल उनको कृत्रिम अक्सिजनको मात्रा कम गर्दै लगिएको छ।
भोलिबाट ट्रायलमा भेन्टिलेटर हटाएर हेर्ने भण्डारीको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।
न्यौपानेले भने, अप्रेशन पछिको पहिलो ड्रेसिङ्गमा हुनुहुन्छ। सुन्निएको भाग घट्दै गएको छ।अवस्था सामान्य बन्दै गएको छ।
बुधवार सिलिन्डर ग्याँस पड्किएर घाइते भएका भण्डारीको काठमाडौंमा उपचार हुन नसकेपछि बिहीवार भारतको मुम्बईमा लगिएको थियो ।