Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार १२
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

सांसद डा. चन्द्र भण्डारी र उहाँकी आमाको अवस्था गम्भिर, भारत लैजान अस्पतालको सिफारिस

Nam Raj Bhatta by Nam Raj Bhatta
February 16, 2023
in News
A A
0
सांसद डा. चन्द्र भण्डारी र उहाँकी आमाको अवस्था गम्भिर, भारत लैजान अस्पतालको सिफारिस
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ४ फागुन २०७९

खाना पकाउने ग्याँस सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेस सांसद डा. चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारीको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।

शरीरको २५ प्रतिशत भाग जले पनि सांसद भण्डारीको फोक्सोमा समेत असर परेकाले थप उपचारका लागि भारत लैजान चिकित्सकले सिफारिस गरेका छन्।

हिजो राति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिण्डर विस्फोट हुँदा भण्डारी आमा र छोरा जलेर घाइते भएका थिए। उनीहरुलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो। उनीहरुको आईसीयूमा राखेर उपचार भइरहेको छ।

अस्पतालकी मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारका अनुसार सांसद भण्डारीको २५ देखि ३० प्रतिशत र उनकी आमाको ७० प्रतिशत शरीरको भाग जलेको छ। आमाको अन्य रोग पनि भएकाले अवस्था जटिल छ।

सांसद भण्डारीको शरीरको कम भाग जले पनि बन्द कोठाभित्रको धुँवा फोक्सोसम्म पुगेकाले उनको अवस्था पनि गम्भीर रहेको डा. ताम्राकार बताउँछिन्।

आफूहरुले एयर–वे म्यानेज लगायतका काम गरेर उपचार गरिरहेको बताउँदै उनले भारतमा लगेर उपचार गर्न सिफारिस पनि गरेको जानकारी दिइन्। ‘उहाँलाई गाह्रो भएकाले भारततिर उपचार गर्न सल्लाह पनि दिएको छ,’ मेडिकल डाइरेक्टर डा. ताम्राकारले भनिन्, ‘यति डिप वर्न नेपालमा अलि सहज छैन।’

अस्पतालका मेडिकल डाइरेक्टर डा. ताम्राकार र जलन उपचार विभाग प्रमुख डा. किरण नकर्मीले संयुक्त विज्ञप्ति जारी गर्दै हालको स्रोत साधनले नेपालमा उपचार सहज नहुने देखिएकोले देशबाहिर सुविधा सम्पन्न अस्पतालमा यथाशीघ्र स्थानान्तरण गर्न सिफारिस गरिएको जानकारी दिएका छन्।

अस्पतालको विज्ञप्तिKirtipur hospital

 

Tags: Corona Virus #Covid19Dr. Chandra Bhandari
Nisarga hospital Dhangadhi
Previous Post

डा. राजन पाण्डे मुख्यमन्त्री प्रज्ज्वल‌ दीप पदक द्वितीयबाट विभूषित

Next Post

नेत्रज्योति सङ्घ र सिबिएमबीच सम्झौता, निःशुल्क आँखा तथा कान उपचारमा सहकार्य गर्ने

Related articles

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा फिजियोथेरापी सेवा विस्तार
News

बिपी कोइराला क्यान्सर अस्पतालमा बिरामीका लागि ‘हटलाइन’ सेवा सुरु

18 minutes ago
776
नेपाल भेटेरिनरी एशोसिएसनको ५८औं स्थापना दिवस देशव्यापी रूपमा सम्पन्न
News

नेपाल भेटेरिनरी एशोसिएसनको ५८औं स्थापना दिवस देशव्यापी रूपमा सम्पन्न

41 minutes ago
776
दैलेख जिल्ला अस्पतालमा पहिलोपटक फिजिसियन डाक्टरबाट सेवा शुरु
News

दैलेख जिल्ला अस्पतालमा पहिलोपटक फिजिसियन डाक्टरबाट सेवा शुरु

2 hours ago
832
बाढी पहिरोद्वारा निम्त्याइएका रोगहरु तथा उपचार : जीवन क्षतिबाट जोगाउन सरल नियमहरु
News

बाढी पहिरोद्वारा निम्त्याइएका रोगहरु तथा उपचार : जीवन क्षतिबाट जोगाउन सरल नियमहरु

11 hours ago
780
मुगुमा चिकित्सकविहीन भएपछि प्रतिष्ठान जुम्लाले पठायो विशेषज्ञ डाक्टर
News

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ जनाको आवेदन

23 hours ago
820
भक्तपुर अस्पतालमा आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया
News

भक्तपुर अस्पतालमा आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया

1 day ago
806
Next Post
नेत्रज्योति सङ्घ र सिबिएमबीच सम्झौता, निःशुल्क आँखा तथा कान उपचारमा सहकार्य गर्ने

नेत्रज्योति सङ्घ र सिबिएमबीच सम्झौता, निःशुल्क आँखा तथा कान उपचारमा सहकार्य गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,099)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...