काठमाडौं, १६ वैशाख २०७८
नेपाल सरकारले लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटालाई नियुक्त गरेको छ। सरकारले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. देवकोटालाई प्रदेश स्वास्थ्य सचिवमा सरुवा गरेको हो।
लुम्बिनी प्रदेशमा केही दिनअघि मात्र स्वास्थ्य मन्त्रालय गठन भएको थियो। यसअघि प्रदेशमा स्वास्थ्य मन्त्रालय थिएन। सामाजिक विकास मन्त्रालयले नै स्वास्थ्यको समेत काम गर्दै आएको थियो।
सचिवको पत्र लिएका डा देवकोटाले आइतबार प्रदेशमा गएर पदवहाली गर्ने जानकारी दिए। उनले कोरोना संक्रमण बढेको यो समयमा प्रदेशमा स्वास्थ्य मन्त्रालय गठन हुनु खुशीको कुरा भएको जानकारी दिए।
प्रदेशमा स्वास्थ्य मन्त्रालय बनाइएको विषयलाई स्वास्थ्य क्षेत्रका कर्मचारीले खुलेर स्वागत गरेका छन्।
Comments 1