आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकमा डा. बासुदेव उपाध्यायलाई जिम्मेवारी दिएका छ्न।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकको जिम्मेवारी डा. वासुदेव उपाध्यायलाई दिने निर्णय गरेकी हुन् ।
बिगत एक वर्ष देखि निमित्त महानिर्देशकको भूमिकामा १० औँ तहका डा. श्यामबाबु यादव थिए । ११औं तहका डा. उपाध्याय भने आयुर्वेद चिकित्सालय नरदेवीको निर्देशक हुनुहुन्थ्यो ।
डा. उपाध्यायको विभागमा सरुवा भएपछि नरदेवी आयुर्वेद चिकित्सालयको निर्देशक पद भने हाललाई रिक्त नै राखिएको छ। डा. उपाध्याय विभागको महानिर्देशक यस अघि पनि भएका थिए।






