10th Nepal Pharma Expo 2026 Kathmandu
आज: २०८२ फाल्गुन २३
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

दन्त उपचार सम्बन्धि भ्रम तथा सत्यता #Covid19

HNN Staff by HNN Staff
May 19, 2020
in News
Reading Time: 1 min read
A A
2
दन्त उपचार सम्बन्धि भ्रम तथा सत्यता #Covid19
641
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ डा. अर्जुनहरि रिजाल
कान्तिपुर डेन्टल कलेज, पेरियोडोन्टिक्स डिपार्टमेन्ट

नेपालमा दन्तउपचार सम्बन्धि ज्ञानको धेरै नै कमि रहेको छ। दाँतसम्बन्धि रोग लागेमा समयमै उपचार गर्नुपर्दछ, नगरिएमा विभिन्न समस्याहरु उत्पन्न हुनसक्छ भन्ने किसिमको जनचेतना अझै पनि विकास भएको छैन। त्यसैले अहिलेको समयमा पनि यससम्बन्धि धेरै नै भ्रम रहिआएको पाइन्छ। दन्तचिकित्सा उपचार सम्बन्धि जनमानसमा रहेका केहि भ्रम तथा त्यसको सत्यताको बारेमा केहि जानकारिहरु प्रस्तुत गरेको छु।

१, भ्रमः दाँत सम्वन्धि रोगहरुको उपचार गर्दा तथा दाँत उखाल्दा आँखा/टाउको सम्बन्धि रोग लाग्दछ।
सत्यः दाँत सम्म पुग्ने, तथा दाँतलाई रगत पुर्याउने रक्तनलि तथा नसाहरु र आँखा/टाउकोका नसा/रक्तनलिहरु फरक फरक हुन्छन। त्यसैले दक्ष चिकित्सकद्वारा उपचार गराउँदा आँखा तथा टाउको सम्वन्धि कुनै पनि समस्या देखिदैन।

२, भ्रमः दाँत सफा गर्दा दाँतको इनामेल खिइन्छ।
सत्यः सामान्यतया दाँतको बाहिरी तहमा बस्ने दन्तेलेउ तथा क्याल्कुलसको सफाई अल्ट्रासोनिक मेसिनको मद्दतले गरिन्छ। यो मेसिनको कम्पनको सहयोगले फोहोरको सफा गरिन्छ। उक्त कम्पनले इनामेल खियाउने गर्दैन। दक्ष चिकित्सक तथा हाइजेनिस्टको साथमा उपचार गराउँदा यस्ता समस्या देखिदैन।

३,भ्रमः मेसिनले सफा गर्दा दाँत कमजोर हुन्छ।
सत्यः दाँत वरिपरि जम्मा भएको फोहोरले गिजामा रगत आउने, पाक्ने, गिजा तल सर्ने जस्ता समस्याहरु आउने गर्दछ। यदि दाँत हल्लिएको छैन, गिजा तल सरेको छैन भने मेसिनले सफा गर्दा दाँत कमजोर हुने समस्या कहिल्यै उत्पन्न हुन्न। बरु दाँतवरिपरिको गिजा तथा हड्डिको स्वास्थ्य झनै राम्रो हुँदै जान्छ।

४, भ्रमः दाँत सफा गर्दा सिरिङसिरङ तथा झनझनाहट बढ्छ।
सत्यः दाँतवरिपरि फोहोर जम्मा भएको छ, सामान्य किसिमको गिजाको इन्फेक्सन भएको छ, हरेक ६/६ महिनामा सफा गरिरहेको छ, गिजा तलतिर सरेको छैन भने दाँत सफा गर्दा एकदमै धेरै सिरिङसिरिङ/झनझनाहट महसुस हुँदैन। तर दाँतको इन्फेक्सन एकदमै धेरै छ, गिजा तलतिर सरेको छ भने सिरिङसिरिङ हुने संभावना हुन्छ।

५, भ्रमः दाँत एकपटक सफा गरिसकेपछि समस्या नआउन्जेल सम्म सफा गर्नु हुँदैन।
सत्यः दाँतसम्बन्धि समस्या देखिए पनि नदेखिएपनि कम्तिमा पनि वर्षको दुईपटक(६-६ महिनाको फरकमा) दन्तचिकित्सकसँग परामर्ष लिनुपर्दछ साथसाथै दाँतको सफा दक्ष चिकित्सक तथा हाइजेनिस्टसँग गराउनुपर्दछ।

६,भ्रमः दाँतसम्बन्धि रोग गराउने लाटो अनि बाठो किरा हुन्छ।
सत्यः दाँत तिन तहले बनेको हुन्छ; सवैभन्दा बाहिरि तहःइनामेल, बिचको तह;डेन्टिन अनि भित्रि नसाको तह पल्प। दाँतको इन्फेक्सन गराउने जिवाणु इनामेलको तहमा मात्र सिमित छ भने कुनै किसिमको झनझनाहट महसुस हुँदैन। डेन्टनको तहमा छ भने झनझनाहट महसुस हुन्छ। त्यस्तै सबै भन्दा भित्रितह पल्पमा पुगेको छ भने दुखाइको महसुस हुन्छ। त्यसैले किरा लाटो वा बाठो भन्ने हुँदैन दाँतको तहको इन्फेक्सन मात्रै फरक हुन्छ।

७,भ्रमः दाँतको उपचार गर्दा क्यान्सर हुन्छ।
सत्यः दाँतसँग सम्बन्धि दाँत भर्ने, रुटक्यानल गर्ने, कृतिम दाँत लगाउने, दाँतमा तार बाँध्ने लगायतका उपचार गर्दा दाँतको क्यान्सर हुँदैन तर यदि बिरामिको मुखमा पहिल्यैदेखि सुर्तिजन्य पदार्थहरुको कारणले निको नभएको घाउ छ, लामो समयदेखि निको नभएको घाउ छ, शरिरमा क्यान्सरका लक्षणहरु पहिल्यैदेखि देखिएका छन भने क्यान्सरको प्रक्रियालाई छिटो भने बनाउन सक्छ। त्यसैले दाँतसम्बन्धि उपचार गर्नु भन्दा अगाडि चिकित्सकलाई आफ्नो जिउमा भएका स्वास्थ्यसम्बन्धि समस्याहरुको पुर्वजानकारी गराउनु पर्दछ।

८,भ्रमः सेतो कोट लगाउने सबै दन्तचिकित्सक हुन्।
सत्यः सेतो कोट लगाउने सबै जना दन्तचिकित्सक हुँदैनन। दन्तचिकित्सा सम्बन्धि कुनै ज्ञान नभएका व्यक्तिहरुपनि क्लिनिकमा उपचार गरेर बसिरहेका हुनसक्छन। त्यसैले आफ्नो उपचार गर्ने व्यक्ति दक्षता अनि दर्ताको बारेमा सोध्ने बानी गरौ।

९, भ्रमः दाँत नै त हो जहा जे लगाए पनि हुन्छ!
सत्यः दाँत नभएको ठाउँमा दुई किसिमको दाँत राख्न सकिन्छ।एक अस्थायी (RPD) र अर्को स्थायी(FPD,Implant). दाँत राख्नु अगाडि कस्तो अवस्थामा कुन दाँत कसरी राख्ने भनेर निरिक्षण गर्नु पर्ने हुन्छ। सो नगरि दाँत लगाएमा त्यो काम त लाग्दैन नै त्यसले छेउका दाँत र गिजा तथा मुखमा प्रतिकूल असर पार्छ। त्यसैले नया दाँत सधै दन्त चिकित्सकसँग मात्र लगाऔँ। साथै कस्तो किसिमको दाँत लगाउने भन्ने कुरा उमेरमा पनि भर पर्दछ।

१०, भ्रमः धेरै पटक ब्रस गर्दा दाँत सफा हुन्छ।
सत्यः धेरै पटक ब्रस गर्दा भन्दापनि गुणस्तरिय बुरुस तथा उपयुक्त तरिकाको प्रयोग गरेर बिहान र बेलुकि खाना खाइसकेपछि ब्रस गर्दा दाँत तथा मुखको स्वास्थ्य राम्रो हुन्छ। तरिका नमिलाई कडा खालको बुरुस प्रयोग गर्दा सफा हुनुको साटो दाँतको बाहिरि तह खिइनुको साथसाथै गिजा तलतिर सर्ने समस्या आउन सक्छ।

११, भ्रमः बच्चाहरुको दाँत त हो, फेरि आइहाल्छ किन उपचार गराउनु?
सत्यः बच्चाहरुको दुधे दाँत र स्थायी दाँत आउने समय फरक फरक हुने गर्दछ। जबसम्म स्थायी दाँत आँउदैन वा दुधे दाँत आफैँ हल्लिएर झर्दैन तबसम्म मुखमा दुधे दाँत स्वस्थ हुनुपर्दछ। यदि दुधे दाँतमा समस्या देखा पर्यो, इन्फेक्सन भयो तर उपचार गरिएन भने पिप जम्मा भएर ठुलै रुप लिनसक्दछ। साथै उपचार नगरि समय नपुग्दै दाँत निकालिएमा पछि आउने स्थायी दाँतकोलागि ठाउँ नपुगेर बाङ्गो टिङ्गो भएर आउने सम्भावना धेरै हुन्छ। त्यसैले आफ्नो बालबच्चाहरुको दाँतमा समस्या देखिएमा दक्ष चिकित्सकसँग उपचार गराईहाल्नु पर्दछ।

१२, भ्रमः उमेर नपुगि बाङ्गोटिङ्गो भएको दाँतमा तार बाध्नु हुँदैन।
सत्यः आफ्नो बाल बच्चाको दाँत बाङ्गोटिङ्गो भएर आएको छ भने उमेर पुगेसि मात्रै उपचार गर्छु भनेर कुरेर बस्नु हुँदैन। जतिसक्दो छिटो दन्तचिकित्सकसँग परामर्स गरिहाल्नु पर्दछ। यस्तो अवस्थामा विशेषज्ञ चिकित्सकको परामर्स पनि आवश्यक पर्दछ।

१३, भ्रमः दाँतमा तार बाँधेपनि फेरि बाङ्गो भैहाल्छ।
सत्यः दाँतको तार बाँध्ने उपचार सकिसकेपछि केहिमात्रामा दाँत पहिलेको अवस्थामा जान सक्दछ तर पहिलेकै अवस्थामा भने जाँदैन। यदि उपचार सकिइसकेपछि चिकित्सकको सल्लाह बमोजिम रिटेनरको प्रयोग गरियो भने दाँत पहिलेकै अवस्था वा फेरि बाङ्गो हुने हुँदैन।

१४, भ्रमः आफ्नो शरिरमा भएको अन्य रोगहरुको बारेमा भन्यो भने चिकित्सकले दाँत निकाल्ने उपचार गर्दैनन्।
सत्यः बिरामीले जहिले पनि आफ्नो शरिरमा भएका अन्य रोगहरुको बारेमा चिकित्सकलाई जानकारी गराउनु पर्दछ। यदि जानकारी नगराएको खण्डमा उपचारको क्रममा जटिलताहरु उत्पन्न भएर मानिसको ज्यान पनि जान सक्दछ। त्यसैले चिकित्सकहरुसँग कुनै पनि रोगको बारेमा लुकाउनु हुँदैन।

१५, भ्रमः डेन्टल कलेजहरुमा सिकारुहरुले उपचार गर्दछन।
सत्यः डेन्टल कलेजहरुमा अध्ययनको साथसाथै बिरामीहरुको उपचार हुने गर्दछ। किताबि ज्ञानको साथसाथै विभिन्न रोगहरु तथा त्यसको उपचारको बारेमा बिरामीमा पनि अध्ययन हुने गर्दछ। यस्तो किसिमको अध्ययन तथा उपचार सधैँ विशेषज्ञ चिकित्सकको निगरानिमा हुने गर्दछ। आफ्नै मनसायले कुनै पनि उपचार हुँदैन। यो पनि भविष्यको लागि दक्ष चिकित्सक तयारी गर्ने सामान्य प्रक्रिया हो।

१६, भ्रमः दाँत त हो जोसँग उपचार गराएपनि हुन्छ।
सत्यः दाँतसम्वन्धि समस्याहरुको बारेमा जानकारी तथा उपचारको निम्ति सधैँ एनएमसि रजिस्टर्ड(NMC Registered Doctors) चिकित्सकहरुसँग सम्पर्क गर्नुपर्दछ।

Tags: #Kantipur Dental CollegeCorona Virus #Covid19Dental Health
SummarizeShare290ScanTweet146

Related articles

स्वदेशी उत्पादनलाई बढावा दिने स्पष्ट नीति ल्याउनुपर्छ: महेश गोर्खाली

स्वदेशी उत्पादनलाई बढावा दिने स्पष्ट नीति ल्याउनुपर्छ: महेश गोर्खाली

by Nam Raj Bhatta
March 3, 2026
0

काठमाडौं, १९ फागुन २०८२ नेपाल औषधि उत्पादक संघको आयोजनामा आगामी फागुन २८, २९ र ३० गते काठमाडौंको भृकुटीमण्डपमा 'नेपाल फर्मा एक्स्पो २०२६' को दशौँ संस्करण आयोजना हुँदैछ। यसै...

सुदुरपश्चिम प्रदेशमै पहिलोपटक मन्त्र अस्पतालमा ब्रोंकोस्कोपी परीक्षण

सुदुरपश्चिम प्रदेशमै पहिलोपटक मन्त्र अस्पतालमा ब्रोंकोस्कोपी परीक्षण

by Nam Raj Bhatta
March 2, 2026
0

कञ्चनपुर, १८ फागुन २०८२ सुदुरपश्चिम प्रदेशमै पहिलोपटक मन्त्र अस्पतालमा ब्रोंकोस्कोपी परीक्षण गरिएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ३८ वर्षीय वीरेन्द्र मल्ल लाई अचानक देखिएको समस्याको परीक्षण गराउन उहाँ कैलालीस्थित...

वालिङ अस्पताल स्याङ्जामा शव राख्ने फ्रिज सुविधा थपियो

वालिङ अस्पताल स्याङ्जामा शव राख्ने फ्रिज सुविधा थपियो

by Nam Raj Bhatta
February 28, 2026
0

स्याङ्जा, १६ फागुन २०८२ स्याङ्जाको वालिङ नगरपालिकास्थित गह्रौं प्राथमिक अस्पतालमा शव सुरक्षित राख्न मिल्ने मोरटुअरी रेफ्रिजरेटर जडान गरिएको छ । लामो समयदेखि शव संरक्षणका लागि उचित व्यवस्था नहुँदा...

प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन

प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन

by Nam Raj Bhatta
February 28, 2026
0

काठमाडौं, १६ फागुन २०८२ निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्न सक्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि मतदान केन्द्रमा प्राथमिक...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    627 shares
    Share 251 Tweet 157
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    609 shares
    Share 244 Tweet 152
  • नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

    602 shares
    Share 241 Tweet 151
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप-प्राध्यापक

    601 shares
    Share 240 Tweet 150
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    600 shares
    Share 240 Tweet 150

This slideshow requires JavaScript.

Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपालको स्वास्थ्य क्षेत्र: आगामी सरकारको पहिलो प्राथमिकता
  • स्वदेशी उत्पादनलाई बढावा दिने स्पष्ट नीति ल्याउनुपर्छ: महेश गोर्खाली
  • सुदुरपश्चिम प्रदेशमै पहिलोपटक मन्त्र अस्पतालमा ब्रोंकोस्कोपी परीक्षण
  • वालिङ अस्पताल स्याङ्जामा शव राख्ने फ्रिज सुविधा थपियो
  • प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.