काठमाडौं, ०१ मंसिर २०७९
आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनले यतिबेला देश तातेको छ । विभिन्न राजनीतिक दलबाट टिकट पाएका र स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरु आफ्नो क्षेत्रका मतदाता फकाउनमा व्यस्त छन् । यसपटक केही स्वास्थ्य क्षेत्रमा काम गर्ने डाक्टर देखि लिएर फिल्मका कलाकारहरु पनि उम्मेदवार बनेका छन् ।
समाजसेबी एवम् वरिष्ठ नेफ्रोलोजिष्ट डा. अर्चन शम्शेर राणा पछिल्लो ५ वर्षदेखि ‘स्वस्थ मिर्गौला, स्वस्थ जीवन’ अभियान चलाइरहेका छन् । नसर्ने रोगको भयावह अवस्थाप्रति नीति निर्माताहरुको ध्यान नगएको तर्फ उनको पहिलो प्रश्न थियो । ‘मानिसहरु युवा उमेरमै नमरुन भनेर मैले १ हजार बढी क्याम्प चलाइसकेको छु,’ पोलिसी मेकिङमै समस्या छ । हेल्थ एजुकेशन नपढेको मान्छे, हेल्थ सिष्टम नबुझेको मान्छेले नीतिगत परिवर्तन गर्न सक्दैन् ।’ १७ वर्षदेखि बिरामीमा सेवामा सक्रिय डा. राणा प्रदेशसभामा निर्वाचनमा काठमाडौं ४ बाट यो पटक प्रतिनिधीसभामा उम्मेदवार बनेका हुन् । कलंकीमा मार्क इन्टरनेशल मिर्गौला सेन्टर चलाइरहेका डा. अर्चनले पछिल्ला ७ वर्ष विशेषज्ञ चिकित्सकका रुपमा बिताएका छन् । ‘हेल्थ इज वेल्थ भनिन्छ नि हेल्थ ठिक भयो सबै कुरा ठीक हुन्छ।

४० वर्षीय डा. अर्चन शम्शेर राणा नक्साल आफ्नै जन्मथलोबाट चुनावमा लडिरहेरका छन् । यही निर्वाचन क्षेत्र हो नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापा र एमालेका नेता राजन भट्टराईको ।
यसपटकको चुनाव बिगतको जस्तो नभएर फरक खालको हुने काठमाडौं क्षेत्र नं ४ का बासिन्दाहरु बताउँछन्। पटक पटक एउटै व्यक्तिलाई जिताएर हामीले के पायौ, अबको नेतृत्व डाक्टरको हुनुपर्छ र हामीले समयमै निशुल्क उपचार पाउनु पर्छ भन्ने आफ्ना आफ्ना तर्फ पेश गरेका छन्। धेरै जसो यस क्षेत्रका बासिन्दाहरु हाम्रो बुढेसकालको सहारा लौरो नै हो त्यँही भएर स्वतन्त्र उम्मेदवार डा. राणालाई नै भोट हाल्ने बताउँछन्।
यस्तैगरी काङ्ग्रेस नेता गगन थापाले दुइ पटक जितेको यो क्षेत्र यसपटक पनि आफ्नो बिजयी हुने सम्भावना बोकेका छन्। थापा पुर्व स्वास्थ्य मन्त्री हुँदै काङ्ग्रेसका महामन्त्री समेत हुनुहुन्छ।
एमालेका नेता राजन भट्टराई पनि चुनाबी मैदानमा उत्रिएका छन्। उहाँ पनि आफु जित्नेमा विश्वस्त देखिनुहुन्छ। यस क्षेत्रमा स्वतन्त्र देखि बिभिन्न पार्टीहरुका उम्मेदवारी रहेका छन्।