काठमाडौं, ११ पुस २०८२
सरकारले मानव अङ्ग प्रत्यारोपण समन्वय समितिको अध्यक्ष पदमा प्राडा. अमिरबाबु श्रेष्ठलाई नियुक्त गरेको छ । डा.श्रेष्ठ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका पूर्व निर्देशक हुन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारी वीर अस्पतालका युरो सर्जन प्राडा. रबिनबहादुर बस्नेत र भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका युरोलोजी तथा मिर्गौला प्रत्यारोपण सर्जन डा. हरि बराल सदस्यमा नियुक्त भएका हुन् ।
गत २१ कात्तिकको मन्त्रिपरिषद् बैठकबाट नै अध्यक्ष प्राडा. श्रेष्ठ तथा सदस्यद्धय प्राडा बस्नेत र प्राडा भण्डारीको नियुक्त गर्ने निर्णय भएको थियो । डा. बरालको गत १५ मंसिरमा बसेको मन्त्रिपरिषद्को बैठकले नियुक्त गरेको थियो।
सरकारले नियुक्त गरेका अध्यक्ष र तीन सदस्यको कार्यकाल दुई वर्षको हुनेछ












