Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र २५
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

काठमाडौँमा चिकित्सक बिनाका अबैध क्लिनिक सञ्चालनमा

Nam Raj Bhatta by Nam Raj Bhatta
June 13, 2023
in News
Reading Time: 1 min read
A A
0
चिकित्सक लाइसेन्स परीक्षामा ४६ प्रतिशत उत्तीर्ण
631
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ३० जेठ २०८०

काठमाडौँमा चिकित्सक बिनाका अबैध क्लिनिकहरु सञ्चालनमा रहेको पाइएको छ ।

विशेषगरी ब्युटी र स्कीन (छाला) सम्बन्धि काम गर्ने क्लिनिकहरुमा चिकित्सकविना उपचार गरीरहेका छन्।

नेपाल मेडिकल काउन्सिलका प्रवक्ता डा. कृष्ण प्रसाद अधिकारीका अनुसार सोमबार भएको अनुगमनमा बालुवाटारस्थित कोरियन स्कीन केयर क्लिनिक, सिटीसेन्टरस्थित कोरियन ब्युटी क्लिनिक एण्ड केयर, नक्सालस्थित ब्युटी क्लबमा डाक्टर नभएको पाइएको छ।

यी क्लिनिकहरुमा नक्कली उपचार हुने गरेको छ । नेपाल मेडिकल काउन्सिलको अनुगमनमा क्रममा चिकित्सकबिनाकै क्लिनिकहरु संचालनमा रहेको पाइएको छ । सोमबार काउन्सिलको इथिकल कमिटीका संयोजक डा. कालुसिंह खत्री नेतृत्वको अनुगमन टोलीले गरेको अनुगमनका गरेको थियो ।
छाला र ब्युटी सम्बन्धि काम गर्ने तीन वटै संस्थामा चिकित्सकहरु कार्यरत छैनन् ।

तर स्कीन सम्बन्धि चिकित्सकहरुले मात्रै गर्नुपर्ने केही उपचार तीन वटै संस्थामा हुने गरेको अनुगमनका क्रममा फेला परेको हो । बालुवाटारस्थित कोरियन स्कीन क्लिनिकमा चिकित्सकबिना चिकीत्सकीय काम भइरहेको उजुरीका आधारमा काउन्सिलको टोली अनुगमनमा पुगेको थियो । सो क्रममा चिकित्सकको प्रेस्क्रीप्सन बिना दिन नमिल्ने औषधि र उपचार उक्त क्लिनिकमा हुने गरेको भेटिएको छ । यस्तै, नक्सालस्थित ब्युटी क्लबले चिकित्सकबिना नै चिकित्सकले गर्ने स्कीन सम्बन्धि ट्रिटमेन्ट गरेको उजुरी थियो । उक्त क्लबको अनुगमन गरेर काउन्सिलले थप कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

सिटी सेन्टरस्थित कोरियन ब्युटी क्लिनिक एण्ड केयरले पनि चिकित्सकबिना चिकीत्सकीय उपचार सम्बन्धि काम गरेको उजुरीका आधारमा काउन्सिलले अनुगमन गरेको हो । उक्त क्लिनिकमा पनि चिकित्सकले गर्ने काम भइरहेको अनुगमनको क्रममा फेला परेपछि काउन्सिलले कागजातसहित संचालकलाई काउन्सिलमा उपस्थित हुन निर्देशन दिएको छ ।

यस्तैगरी अनुगमनका क्रममा योग्यताबिना र योग्यताभन्दा बढी प्रायक्टिस गर्नेमाथि पनि काउन्सिलले कारवाही अगाडि बढाएको हो।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Dr. Krishna prasad adhikariKorean skinNepal Medical Council
SummarizeShare279ScanTweet147

Related articles

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीन जना पदाधिकारी नियुक्त

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीन जना पदाधिकारी नियुक्त

by Nam Raj Bhatta
September 10, 2026
0

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा तीन जना पदाधिकारी नियुक्त भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले न्याम्सको डिनमा डा. विकास विक्रम अधिकारी, रेक्टरमा डा. रविराम...

‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति संघ सम्मानित

‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति संघ सम्मानित

by Nam Raj Bhatta
September 9, 2026
0

नेपाल नेत्रज्योति सङ्घले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ), दक्षिणपूर्वी एशिया क्षेत्रीय कार्यालयबाट ‘डब्लुएचओ’ ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ प्राप्त गरेको छ । दिली, तिमोर–लेस्तेमा आयोजित...

फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी रोगबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी रोगबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

by Nam Raj Bhatta
September 9, 2026
0

फिजियोथेरापी दिवस २०२६ को अवसरमा नेपाल फिजियोथेरापी संघ (NEPTA) ले आज काठमाडौंमा रक्तदान कार्यक्रम तथा स्ट्रोक र मुटुसम्बन्धी रोगसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरी दिवस मनाएको छ। यस वर्षको...

बेत्रावतीस्थित होल्डिङ सेन्टरमा ख्वप अस्पतालको निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण

बेत्रावतीस्थित होल्डिङ सेन्टरमा ख्वप अस्पतालको निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण

by Nam Raj Bhatta
September 9, 2026
0

२०८३ भाद्र १० गते भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका कारण ज्यान गुमाएका सम्पूर्ण महानुभावहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बाढी प्रभावित नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    872 shares
    Share 349 Tweet 218
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    704 shares
    Share 282 Tweet 176
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    694 shares
    Share 299 Tweet 165
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    697 shares
    Share 310 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    645 shares
    Share 258 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा तीन जना पदाधिकारी नियुक्त
  • ‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति संघ सम्मानित
  • फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी रोगबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न
  • बेत्रावतीस्थित होल्डिङ सेन्टरमा ख्वप अस्पतालको निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण
  • वीर अस्पतालबाट भोटेकोशी बाढीका २० घाइतेमध्ये १७ जना डिस्चार्ज #Birhospital

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.