काठमाडौं, २४ माघ २०७८
नेपाल मेडिकल काउन्सिलले माघ २१ र २२ गते लिएको विशेषज्ञ चिकित्सक (पीजी) तहको लाइसेन्स परीक्षामा बंगलादेशबाट अध्ययन गरेका शतप्रतिशत चिकित्सक उत्तीर्ण भएका छन्।
बंगलादेशबाट चिकित्सा अध्ययन गरेर आएका शतप्रतिशत उत्तीर्ण भएपछि एकअर्कामा खुसी साटासाट गरेको सोसाइटी फर नेप्लीज डक्टर्स अफ बंगलादेशका अध्यक्ष डा. दिनेश प्रसाद कोइरालाले जानकारी दिनुभयो।
औषधि व्यवसायी एवम् नेपाली कांग्रेसका युवा नेता डा.अबुल हुसैन अन्सारीले पीजी उत्तीर्ण गर्ने बंगलादेशबाट अध्ययन गरेर आएका चिकित्सक र अन्य सबैलाई बधाई एवम् शुभकामना दिएका छन् ।
काउन्सिलका रजिष्ट्रार डा.कृष्णप्रसाद अधिकारीका अनुसार परीक्षामा ७६:७६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।
परीक्षाका लागि फारम भर्ने ७३४ भएपनि परीक्षामा ७२३जना सहभागी भएका थिए ।
परीक्षा दिएकामध्ये ५५५ जना पास भएका छन् । परीक्षामा ११ जना अनुपस्थित थिए । परीक्षामा १६८ जना परीक्षार्थी उनुत्तीर्ण भएका छन्।

परीक्षा ललितपुरको पुल्चोक स्थित इञ्जिनियरिङ अध्ययन् संस्थानमा शुक्रबार र शनिबार दुई दिन भएको थियो ।
यस्तैगरी सोसाइटी फर नेप्लीज डक्टर्स अफ बंगलादेशका संयोजक डा. राकेश साहले प्रोफेसनल लाइफमा एक अर्काको साथ र सहयोगको भावना लिएर अगाडि बढ्नुपर्ने बताउनुभयो।