जनकपुर , १८ जेठ
नेपाल मेडिकल कलेज जोरपाटीमा चिकित्सक माथी हातपात भएको भन्दै जनकपुर अस्पतालको इमर्जेन्सी अगाडि युवा चिकित्सकहरुले कालोपट्टी बाधेर बिरोध प्रदर्शन गरेका छ्न । केही दिन अगाडि भएको घटनाको दोषीलाई तत्काल कारबाही हुनुपर्छ भनेर एक्यवद्धता जनाउदै सांकेतिक बिरोध गरिएको प्रदेश नम्बर २ का नेपाल चिकित्सक संघ जुनियर डाक्टरका अध्यक्ष डा.सज्जन ठाकुरले जानकारी दिनु भयो।
जनकपुरमा आज जुनियर युवा डाक्टरहरु द्वारा चिकित्सक माथी भएको घटनाको बिरोधमा एक्यवद्धता जनाउदै टाउकोमा कालोपट्टी बाधेर सांकेतिक बिरोध जनाइएको डा.ठाकुरले बताए । साथै बिरोध गर्दा सामाजिक दुरिको पालना गरिएको थियो। युवा चिकित्सकहरुले हात हातमा JAIl WITHOUT BAIL लागू गर जस्ता पम्पलेट समातेका थिए। यो घटनाको तुरुन्त छानबिन हुनुपर्छ र नभए सम्म यस्ता धेरै घटनाहरु घटेकाले र अझैपनी घट्न सक्ने हुनाले कारबाहीको दायरा अगाडि बढाउनु पर्ने चिकित्सक डा संजय यादव ले बताए ।
बिरोध कार्यक्रममा डा. अमित गिरि डा. सुनिल यादव, डा. रमेश यादव र डा. उज्ज्वल बिश्वास लगायत दर्जनौं चिकित्सकहरुको उपस्थिति रहेको थियो ।