काठमाडौं , २३ फागुन २०७७
यूनिभर्सल पीस फेडेरेसनले हिजो एक कार्यक्रमका बिच कोभिड महामारीबाट अरुलाई बचाउन आफ्नो ज्यान जोखिममा राखेर काम गरेका प्रतिनिधि स्वास्थ्यकर्मी तथा पत्रकारहरूलाई सम्मान गरेको छ ।
अग्रपंत्तिमा रहेर काम गर्ने १४ जना सम्मानित व्यक्तिहरू मध्ये ११ जना स्वास्थ्यकर्मीहरू थिए भने अन्य महानुभावहरूमा राज्यमन्त्री माननीय रामबीर मानन्धर र दुई जना बरिष्ठ पत्रकारहरू रहेका छन् ।
सम्मानित हुने व्यक्तिहरूमा डा. सागर राजभण्डारी, प्रा. डा. सुभाष आचार्य, डा. सन्तकुमार दास, डीएसपी डा. रोसन कुमार झा, डा. अनुप अनुपोला, डीएसपी डा. सौरभ श्रेष्ठ, डा. रुना झा, डा. शेरबहादुर पुन, डा. विपिन नेपाल, डा. रक्षा पाण्डे, डा. समीर कुमार अधिकारी र कान्तिपुरका उपसम्पादक श्री अतुल मिश्र र नागरिक दैनिकका पत्रकार श्री राम सुवेदी हुन् ।
शान्तिदूत शान्तिका लागि निर्माण गरिएको विश्वका विविध क्षेत्रलाई नेतृत्व गर्ने व्यक्तित्वहरूको विश्वव्यापी साझा र सबैभन्दा ठूलो संजाल हो । यूनिभर्सल पीस फेडेरेसनद्वार प्रश्तुत यो उपाधि कर्मशील आफ्नो भूमिकाद्वारा शान्ति निर्माणका लागि पुर्याएको योगदान स्वरुप विभिन्न व्यक्तित्वहरूलाई प्रदान गरिन्छ । यस उपाधिले मानव कल्याणका खातिर तथा मानवजातिको सेवा गर्ने कार्यलार्इ सघाउँछ ।
होटल याक उण्ड यतीमा सम्पन्न भएको पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुगेका राष्ट्रिय सभाका अध्यक्ष, सम्माननीय गणेशप्रसाद तिमिल्सिनाले अग्रपंत्तीमा रहेर स्वास्थ्य सेवा प्रदान गर्ने व्यक्तित्वहरूलाई गरेको सम्मानको सह्राना गरे । साथै उनले कोभिड महामारीका क्रममा जोखिम मोलेर काम गर्ने चिकित्सकहरूको योगदानको सम्झना पनि गरे ।
कार्यक्रमकी विशिष्ट अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री तथा सांसद माननीय सुजाता कोइरालाले सीमित श्रोत तथा साधनका वाबजूद पनि माहामारीका क्रममा उत्कृष्ट सेवा पुर्याएको धारणा व्यक्त गरिन् ।
कार्यक्रमका सभापति तथा यूपीएफका एशिया प्रशान्त क्षेत्रका अध्यक्ष, पूर्वमन्त्री एकनाथ ढकालले यूपीएफका विश्वव्यापी गतिविधिका बारेमा चर्चा गरेका थिए । उनले महामारीका बेला डाक्टरहरूले ईश्वरको जस्तो भूमिका खेलेको चर्चा गरे । नेपालका लागि भारतीय पूर्वराजदूतले भिडियो सन्देश दिँदै सबै पुरस्कृतलाई बधाई दिए ।साथै उनेले देशका स्वास्थ्यकर्मीलाई पुरस्कारका लागि सम्झेकोमा युपीएफलाई धन्यवाद पनि दिए ।
पुरस्कृतहरूका तर्फबाट मन्तव्य दिँदै डा. सागरराज भण्डारीले महामारीका बेला आफूले खेपेको चुनौतिको चर्चा गर्दै यूपीएफको कामको सह्राना गरे । यूपीएफका अन्तर्राष्ट्रिय प्रतिनिधि रिचेल हालिफाले स्वागत मन्तव्य दिएको कार्यक्रम यूपिएफ साउथ एशियाका डाइरेक्टर सन्तोषकुमार पौडेलले संचालन गरेका थिए ।