काठमाडौं, ५ फागुन २०७७
नेपाल चिकित्सक संघ र एशोसियसन अफ प्राइभेट हेल्थ इन्सिच्युसन नेपाल (अफिन) ले चिकित्सकहरुको परामर्श शुल्क पुनरावलोकन सिफारिस समितिले १ वर्षअघि सिफारिस गरेको परामर्श शुल्क कार्यान्वयन नभएको भन्दै आजदेखि परामर्श तथा जाँच शुल्क बढेको छ।
अफिन र चिकित्सक संघको फागुन ४ मा बसेको संयुक्त बैठकको निर्णयअनुसार राष्ट्रबैंकको मुद्रा स्फिति तथा शुल्क परामर्श समितिले सिफारिस गरेको शुल्कलाई नै आधार मानी परामर्श शुल्क तोकेर फागुन ५ बाटै लागू गर्ने निर्णय गरिएको विज्ञप्तिमा जनाइएको छ।
दुवै संस्थाले आज विज्ञप्ति जारी गरी स्वास्थ्यमा क्रियाशील ट्रेड युनियन तथा पेशागत संघ संगठनहरुको संयुक्त संघर्ष समितिसँग स्वास्थ्य मन्त्रालयले २०७७ माघ ४ गते सम्झौता गरी चिकित्सकको परामर्श शुल्क ३० दिनभित्र लागू गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म कार्यान्वयन नभएको जनाएका हुन्।
स्वास्थ्य मन्त्रालयले २०७१ असोज १ देखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क तोकेको र प्रत्येक २ वर्षमा पुनरावलोकन हुने भन्ने उल्लेख गरिएपनि त्यसो नगरिएको अफिन र संघले जनाएका छन्।
Great!