धनगढी, २३ मंसिर २०७७
नेपाल चिकित्सक संघको धनगढी शाखाको अध्यक्षमा डा.प्रदिप मिश्र सर्वसम्मत चयन हुनुभएको छ।
सेती प्रादेशिक अस्पतालका बरिष्ठ बालरोग विशेषज्ञ समेत रहेका डा. मिश्रको अध्यक्षतामा १५ जनाको कार्यसमिति गठन गरिएको छ । बरिष्ठ सह अध्यक्षमा डा. खगेन्द्र भट्ट , सह अध्यक्षमा डा.जगदिश जोशी , सचिबमा डा.कपिल गौतम , सहसचिवमा डा.शम्भु दत्त जोशी , साँस्कृतिक सहसचिवमा डा.मिराज आलम अन्सारी, कोषाध्यक्षमा डा.आन्नद पाठक र सहकोषाध्यक्षमा डा.रबिन्द्र देब भट्टलाई चयन भएका छन्।
त्यसैगरी सदस्यहरुमा क्रमश डा. जगदीश बिष्ट , डा. निराजन दत्त शर्मा , डा.दीपक ठकुराठी , डा. बिकास खड्का , डा.बिरेन्द्र बुडाल , डा. रोजी शर्मा , डा. अनिश मानन्धर र डा. समीर खान नियुक्त भएका छन।
त्यसैगरी डा.गणेश बहादुर सिंह , डा. प्रमोद जोशी र डा.निरज अर्याल गरी ३ जना सल्लाहकारमा रहनु भएको छ। यो कार्यसमिति ३ वर्षको हुनेछ।
समग्र सुदुरपश्चिम प्रदेशको स्वास्थ्य अवस्था जटिल हुनुबाट मुक्त गराउनु र यस प्रदेशमा बन्ने स्वास्थ्य नीति नियम, सत्य तथ्य के हो भनी निर्धारण गरेर मात्र काम अगाडि बढ्ने संघका अध्यक्ष डा.प्रदिप मिश्रके बताउनुभएको छ। उनले भने , बन्दै गरेको गेटा मेडिकल कलेजलाई प्रारम्भिक संचालनमा ल्याउनको लागि सम्बन्धित निकायहरुलाई सही सल्लाह सुझाव सँगै ताकेता गर्नुपर्दछ ।
यस क्षेत्रमा काम गर्ने सम्पूर्ण स्वास्थ्यकर्मी, डाक्टरहरुको कोभिडको समयमा आइपरेका समस्याहरुलाई सही रुपमा निराकरण र सम्बन्धित सरकारी निकायहरुमा अगाडि बढाउने डा. मिश्रले जानकारी दिए।
सुदुरपश्चिम प्रदेशमा रहनु भएका सम्पुर्ण डाक्टरहरुको सहमति ,सल्लाह र सुझावमा कार्यसमिति बनेको हो
यस शाखाले अगामी दिनहरुमा सुदुरपश्चिम प्रदेशका दुर्गम पहाडी जिल्लामा के कति कारणले डाक्टरहरु बस्न सक्दैन , के कति समस्याहरु छन त्यसको समाधान तर्फ उन्मुख गराउने हेतुले यो नयाँ गठन चयन गरेको सँघका सचिव डा.कपिल गौतमले जानकारी दिए।
डा.गौतमका अनुसार सुदुरपश्चिम प्रदेशमा नयाँ कार्यसमितिको चयन संगै अबका दिनमा हामी सबै डाक्टर साथीहरुले यस प्रदेशमै सम्पूर्ण बिरामीका सेवाहरु उपलब्ध गराउने छौ। सानो उपचारको लागि पहिले भारत , काठमाडौं र नेपालगञ्ज जानुपर्ने बाध्यता हटेको छ ।
Comments 3