दाङ, ०१ श्रावण २०८०
नेपाल चिकित्सक संघ दाङ शाखाको अध्यक्षमा डा. माधव गोइत सहित ११ सदस्यीय नयाँ कार्यसमिति बनेको छ
शनिवार दाङका चिकित्सकहरूकाे भेलाले उपाध्यक्षमा डा. बिपी भुसाल, महासचिवमा डा. बोम बि. सी, सह-सचिवमा डा. हेमराज शर्मा र कोषाध्यक्षमा डा. रमेश बस्नेतलाई चयन गरेकाे छ ।
त्यसैगरी सदस्यहरूमा डा. पुष्प राज रिजाल, डा. रचना घिमिरे, डा. रोशन गुप्ता, डा. मधु सिग्देल, र विकास न्यौपाने चयन भएकाे संघका पूर्व अध्यक्ष डा. कुवेर रेग्मीले जानकारी दिनुुुभयो।
डा. रेग्मीले सर्वसम्मत रूपमा चयन गर्ने वातावरण बनाउन महत्त्वपूर्ण भूमिका खेल्नु हुने प्रत्यायी चिकित्सक र अन्य चिकित्सक साथीहरुलाई धन्यवाद समेत व्यक्त गरेका छन् । उनले नवगठित कार्यसमितिले चिकित्सकको हकहितका साथै जनताको स्वास्थ्य सरोकारका विषयमा प्रयाप्त ध्यान पुर्याउने विश्वास व्यक्त गरे ।
नवगठित कार्यसमितिकाे कार्यकाल ३ वर्षको रहने छ।