आज मिति : २०८२ जेष्ठ २
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

नेपाल प्रगतिशील चिकित्सक संघको तेस्रो सम्मेलनबाट अध्यक्षमा डा. बस्नेत, १५ बुँदे घोषणापत्र जारी

Nam Raj Bhatta by Nam Raj Bhatta
June 18, 2023
in News
A A
0
नेपाल प्रगतिशील चिकित्सक संघको तेस्रो सम्मेलनबाट अध्यक्षमा डा. बस्नेत, १५ बुँदे घोषणापत्र जारी
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

चितवन, ३ असार २०८०

नेपाल प्रगतिशिल चिकित्सक संघको तेस्रो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा डा. मधुर बस्नेतलाई चयन गरेको छ।

चितवनमा भएको सम्मेलनले समाजवाद केन्द्रित राज्यको स्वास्थ्य नीति हुनुपर्ने र सोही अनुरुप कार्यान्वयन गरिनुपर्ने, स्वास्थ्यमा शून्य भ्रष्टाचार सुनिश्चित गरिनुपर्ने लगायत १५ बुँदे घोषणापत्र जारी गरेको हो।

सम्मेलनले डा. मधुर बस्नेतको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय कार्य समिति पनि चयन गरेको छ। उपाध्यक्षमा ड. कुम्भ राज जोशी र महासचिवमा डा. मधु न्यौपानेलाई सर्वसम्मत चयन गरेको हो। नेकपा माओवादी केन्द्रका केन्द्रीय समिति उपाध्यक्ष अग्नी सापकोटाको प्रमुख आतिथ्यतामा सम्मेलन भएको थियो। स्वास्थ्य विभाग कल्पना धमला तथा भरतपुर महानगर पालिका प्रमुख रेणु दाहालको विशेष आतिथ्यतामा कार्यक्रम एवं संघका अध्यक्ष डा. कृष्ण सागर शर्माको अध्यक्षतामा सम्मेलन सम्पन्न भएको थियो। Chitwan

सम्मेलनले जारी गरेको १५ बुँदे घोषणाहरु :

१. समाजवाद केन्द्रित राज्य को स्वास्थ्य नीति हुनुपर्ने र सोही अनुरूप कार्यान्वयन गरिनुपर्ने।
२. स्वास्थ्यमा शून्य भ्रष्टाचार सुनिश्चित गरिनुपर्ने ।
३. संविधानले प्रत्याभूत गरेको आधारभुत र आकस्मिक स्वास्थ्य निःशुल्क हुने कुरा व्यवहारमा सुनिश्चित गरिनुपर्ने। सो को निम्ति सोही अनुसार बजेट, साधनस्रोत र जनशक्तिको व्यवस्था गरिनुपर्ने।
४. स्वास्थ्य बीमालाई सामाजिक सुरक्षा को प्रतिविम्बको रुपमा ७७ जिल्ला मै पुर्नसंरचना सहित विस्तार गरिनुपर्ने।
५. जनतासँग अस्पताल अवधारणा अन्तर्गत प्रवर्द्धनात्मक स्वास्थ्यलाई जोड दिँदै जनताको घर दैलोमा नै स्वास्थ्य सेवा उपलब्ध हुने गरी व्यवस्था गरिनुपर्ने।
६. मेडिकल शिक्षामा आत्मनिर्भर हुने गरी भूगोल केन्द्रित सेवा दिने संयन्त्र बनाइनुपर्ने।
७. स्वास्थ्यमा विदेश पलायन भैरहेको जनशक्तिको व्यापक पलायनलाई रोक्न तत्काल नीतिगत रुपमा विशेष व्यवस्था गरी लागू गरिनुपर्ने। चिकित्सक तथा स्वास्थ्यकर्मी हरुको निम्ति सामाजिक सुरक्षाको प्रत्याभूति गरिनुपर्ने।FB IMG 1687053797905

८. स्वास्थ्य क्षेत्रको जारी ओएनएम वैज्ञानिक ढंगले तत्काल पूरा गरी लोकसेवाबाट चिकित्सक तथा स्वास्थ्यकर्मी हरुको दरबन्दी तत्काल बढाउनुपर्ने।
९. प्रस्तावित छाता ऐनको सन्दर्भमा सरोकारवालाहरु सङग व्यापक छलफल गरी वैज्ञानिक ढङ्गले स्वरुप निर्धारण गर्नुपर्ने।
१०. बालबालिका, महिला र ज्येष्ठ नागरिक केन्द्रित विशेष प्राथमिकता आधारित स्वास्थ्यको पहुँच।
११. स्वास्थ्य संस्था तथा चिकित्सक र स्वास्थ्यकर्मीमा बढ्दै गएको आक्रमण रोक्न तत्काल सुरक्षा ऐनको प्रभावकारी लागू गरिनुपर्ने।

१२. स्वास्थ्य सहकारी अवधारणाको विस्तार गरिनुपर्ने।
१३. सरकारी र निजी स्वास्थ्य संस्थाहरुको प्रभावकारी नियमन, अनुगमन, प्रोत्साहन, सुदृढीकरण र आबस्यकताको आधारमा साझेदारी गरिनु पर्ने।
१४. चिकित्सकहरुको सरकारी सेवामा भएको तहगत त्रुटि सच्चाउने।
१५. जनकेन्द्रित समाजवादी स्वास्थ्य नीतिको पैरवी र कार्यान्वयन गर्न रेड एण्ड एक्सपर्ट संगठनको रुपमा यस प्रगतिशील चिकित्सक संघ सम्पूर्ण रूपले परिचालित हुने र सो सँगै संगठन विस्तारको कार्यक्रम अगाडी बढाउने।

Tags: #ChitwanCorona Virus #Covid19Dr. Krishna Sharma Paudel
Nisarga hospital Dhangadhi
Previous Post

जिल्ला अस्पतालमा नै डायलासिस सेवा सुरु हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत

Next Post

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर

Related articles

कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड र केबीएनपी कोरियाबीच सम्झौता
News

कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड र केबीएनपी कोरियाबीच सम्झौता

11 hours ago
928
नर्भिक इन्टरनेसनल अस्पतालमा १६ नर्सिङ कर्मचारी पुरस्कृत
News

नर्भिक इन्टरनेसनल अस्पतालमा १६ नर्सिङ कर्मचारी पुरस्कृत

2 days ago
790
डडेल्धुरा अस्पतालले विभिन्न कार्यक्रम गरि मनायाे अन्तर्राष्ट्रिय नर्सिङ दिवस
News

डडेल्धुरा अस्पतालले विभिन्न कार्यक्रम गरि मनायाे अन्तर्राष्ट्रिय नर्सिङ दिवस

2 days ago
803
डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक
News

डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक

2 days ago
2.1k
धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु
News

धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु

2 days ago
801
गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
News

गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

3 days ago
795
Next Post
राष्ट्रपति पौडेलको त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Patan Municipality Baitadi 8 disease notice
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (123)
  • Disease (106)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,016)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...