काठमाडौं, २६ साउन २०८०
नक्कली प्रमाणपत्र काण्डमा प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्मासँगै अन्य डाक्टर पनि पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले दिएको जानकारी अनुसार त्रिवि शिक्षण अस्तपालका डा. अमृत चौधरीलाई पनि पक्राउ गरिएको छ । त्यसैगरी डा. रञ्जित कुमार यादव, डा. रामबाबु यादव र डा. एरिना यादवलाई पनि पक्राउ गरिएको छ ।
पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको सीआइबीले थप अनुसन्धान भइरहेको सीआइबीले जनाएको छ ।
मेडिकल व्यवसायी तथा प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्मालाई दिउँसो गोल्फुटारबाट पक्राउ गरिएको थियो