काठमाडौँ, २२ जेठ २०८०
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकमा डा. रुद्र मरासिनीले कार्यभार सम्हाल्नु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. मरासिनीलाई इडिसिडीको निर्देशकको रुपमा नियुक्त काम काज गर्न खटाएको थियो ।
एघारौँ तहका अर्थोपेडिक सर्जन डा. मरासिनीले आइतबार इडिसिडीमा पुगेर कार्यभार सम्हालेका हुन् ।
यसअघि डा. मरासिनी राष्ट्रिय ट्रमा सेन्टरको निर्देशक थिए । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले इडिसिडीका निर्देशक डा. चुमनलाल दासलाई मन्त्रालयमा तानेपछि त्यहाँ रिक्त भएको पदमा डा. मरासिनीलाई पठाउने निर्णय गरेका थिए ।
मन्त्री बस्नेतले सोही दिन मन्त्रीस्तरीय निर्णय गर्दै ट्रमाको निर्देशकको जिम्मेवारी डा. बद्री रिजाललाई दिएका छन्।
विभागले आइतबार डा. मरासिनीलाई स्वागत गर्दै डा. दासलाई बिदाई गरेको छ।