दाङ, १० जेठ २०७९
तुल्सीपुरस्थित दीर्घायु पोलिक्लिनिक एण्ड रिसर्च सेन्टरले विश्व थाइराइड सप्ताह शिविरको अवसरमा जेठ ८ गते देखि १४ गते सम्म निशुल्क औषधी र परामर्श दिइरहेको छ।
निन्द्रामा गडबडी, शारीरिक कमजोरी, थकान महसुस, हातखुट्टा काप्नु, तौल घट्नु वा बढ्नु, महिनावारी गडबडी हुनु , बाझोपन, गर्भपतन हुने, स्वर परिवर्तन हुनु, छाला सुख्खा हुनु, मुटुको ढुकढुकी बढ्नु, शरीर सुन्निनु, कब्जियत हुनु र घाँटी सुन्निने जस्ता लक्षणहरू देखिएमा थाइराइडको समस्या हुने वरिष्ठ फिजिसियन डा. ज्ञानेन्द्र पाण्डेयले बताउनुभयो।
शिविरमा विशेषज्ञ चिकित्सकद्वारा माथि दिएका समस्या सम्बन्धि परामर्श दिइने, थाइराइडको जाँचमा ५० प्रतिशत छुट र १५ दिनको लागि थाइराइडको औषधी निशुल्क दिइने डा. पाण्डेयले बताए।