आज मिति : २०८२ माघ १७
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

धौलागिरी प्रादेशिक अस्पतालमा ऐतिहासिक सफलता: स्तरोन्नत NICU मा जटिल नवजातको प्राणरक्षा

Nam Raj Bhatta by Nam Raj Bhatta
January 3, 2026
in News
A A
0
धौलागिरी प्रादेशिक अस्पतालमा ऐतिहासिक सफलता: स्तरोन्नत NICU मा जटिल नवजातको प्राणरक्षा
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

बागलुङ, १९ पुस २०८२

दुर्गम पहाडी क्षेत्रका नागरिकका लागि आशाको केन्द्र बनेको धौलागिरी प्रादेशिक अस्पतालले आफ्नो विशेष नवजात हेरचाह एकाइ (SNCU) लाई नियोनाटल इन्टेन्सिभ केयर एकाइ (NICU) मा सफलतापूर्वक स्तरोन्नत गरेपछि ऐतिहासिक उपलब्धि हासिल गरेको छ।

यसरी स्तरोन्नत भएको NICU मा गम्भीर अवस्थामा जन्मिएको नवजात शिशुको सफल उपचार गरिएको हो।

यो सफल उपचार अस्पतालका प्रसूति तथा स्त्रीरोग विभागको एक जटिल प्रसव केस हो। विभागमा डा. विजय, डा. बिमल र डा. अंजुको टोलीले गम्भीर प्रसव र जटिल स्त्रीरोग सम्बन्धी ओपरेसनहरू सफलतापूर्वक गर्दै आएका छन्।

यसै क्रममा, म्याग्दी जिल्लाको दुर्गम ग्रामीण क्षेत्रबाट आएकी एक गर्भवती महिलामा २०८२ पौष ४ गते कर्ड प्रोल्याप्स र प्लेसेन्टा प्रिभिया जस्ता अत्यन्तै जोखिमपूर्ण अवस्था देखिएको थियो। महिलाको जीवन बचाउन आपतकालीन लोअर सेग्मेन्ट सिजेरियन सेक्सन (LSCS) गर्ने निर्णय स्त्रीरोग विशेषज्ञ डा. विजयको नेतृत्वमा सफल अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारीले बताउनु भयो।

डा. विजय, डा. अमित (एनेस्थेसियोलोजिस्ट), डा. सन्दीप खत्री  (एनेस्थेसियोलोजिस्ट), प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट तथा बालरोग विशेषज्ञ डा. किरण तिवारी, मेडिकल अफिसर डा. सन्दिप के.सी. र अन्य स्वास्थ्यकर्मीको संयुक्त टोलीले सफल शल्यक्रिया गरेका थिए।

डा. तिवारीका अनुसार दिउँसो ३:५० बजे जन्मिएको शिशु प्रारम्भमा कुनै पनि जीवनचिन्ह नदेखिएको (Flat Baby) अवस्थामा थियो। टोलीले निरन्तर र प्रभावकारी पुनर्जीवन (रिससिटेसन) , CPR दिएपछि मात्र ७ मिनेट पछि मात्र शिशुको हृदयको धड्कन फर्क्यो। अहिले शिशु NICU मा छ।

NICU मा शिशुलाई भेन्टिलेटरमा राखेर एन्टिबायोटिक, आयोनोट्रोप्स लगायतका जीवनरक्षक औषधिहरू निःशुल्क उपलब्ध गराएको डा. तिवारीले बताए।

डा. किरण तिवारी, डा. यशोदा, डा. कमल, डा. सन्दिप केसी र साथै NICU नर्सिङ टोली मिलनबरुवालको नेतृत्वको कृतिका, रश्मी, पूजा, मोनिका, दीपा, रक्षा, आस्मा लगायतको समन्वयात्मक प्रयासले उपचारलाई अझ प्रभावकारी बनाएको थियो।

त्यसैगरी, नर्सिङ अफिसर निमा हिताङ नेतृत्वको ICU नर्सिङ टोलीले नवजात शिशुको सघन हेरचाह, भेन्टिलेटर व्यवस्थापन तथा निरन्तर निगरानीमा उल्लेखनीय योगदान पुर्‍याएको थियो।

अनुभवी नर्सिङ्ग तथा ICU टोली ले करिब १० दिनसम्म अथक सेवा र निगरानी गरी शिशुलाई भेन्टिलेटरबाट हटाउन सफल भए।

हाल शिशु मेकानिकल CPAP बाट अक्सिजन सपोर्टमा र अहिले Room Airमा सारिएको छ र उसको हालको अवस्था सन्तोषजनक रहेको डा. तिवारीले बताए।

यस सफलताको जानकारी दिँदै डा. सन्दिप के.सी. ले भने, “यो केवल एउटा सफल उपचार मात्र होइन, हाम्रो दूरगामी लक्ष्यको सुरुवात हो। हाम्रो लक्ष्य यहाँ पूर्णरूपमा सुसज्जित NICU सञ्चालन गरी जटिल प्रसव पछिका गम्भीर नवजात शिशुहरूको सम्पूर्ण उपचार गर्नु हो।

यसबाट भविष्यमा जटिल नवजात शिशुहरूलाई बाहिरी अस्पतालमा पठाउनु (रेफरल) रोक्न सकिनेछ र दुर्गम क्षेत्रका सबै आमाबाबुले यहीं उच्चस्तरीय सेवा पाउनेछन्।”यस सफलताले दुर्गम क्षेत्रमा पनि उच्चस्तरीय नवजात सेवा सम्भव छ भन्ने प्रमाणित गरेको छ।

अस्पतालका स्त्रीरोग तथा नवजात विभागको सहकार्य र बहु-विषयक टोलीको सामूहिक प्रयासले नै यो जीवनरक्षा सम्भव भएको प्रमुख डा. किरण तिवारीले बताए। दूरदराजका आमाबाबुका लागि यो सेवा ढुक्क ढुक्क आशाको किरण बनेको छ। यसैबीच, स्त्रीरोग विभागले डा. विजय, डा. बिमल र डा. अंजुको टोली अगाडि बढी गम्भीर प्रसव र स्त्रीरोगीका केसहरू सफलतापूर्वक उपचार गर्दै आएको छ जसले सम्पूर्ण क्षेत्रका महिलाहरूमा विश्वास जगाएको छ।

यसबिच अस्पताल प्रशासन प्रमुख विपिन पुनले यस सफलतालाई दुईतर्फी रणनीतिक जित बताउँदै भने, “यसले हामीलाई दुई महत्वपूर्ण लक्ष्यमा पुग्न मद्दत गरेको छ: एक त, जटिल प्रसवलाई नै स्थानीयस्तरमै उपचार गरेर मातृ स्वास्थ्य रेफरल रोक्ने र दुई, स्तरोन्नत NICU को माध्यमबाट जटिल नवजात शिशुहरूको बाहिरी रेफरल पनि सम्पूर्ण रूपमा रोक्ने। यो एउटा सम्पूर्ण मातृ-शिशु स्वास्थ्य सेवा चक्र हो जसले गर्दा अब दुर्गम क्षेत्रका गर्भवती र नवजातहरू सुरक्षित छन्।”

Tags: Dhaulagiri hospital
Previous Post

देउराली जनता फर्मास्युटिकल्सले एक वर्षमै साढे २ अर्ब व्यापार

Next Post

मेडिकल एसोसिएसन अध्यक्षमा युरोलोजिस्ट डा. भुसालको उम्मेदवारी, एजेण्डा के छन् ?

Related articles

धौलागिरी अस्पतालले स्वास्थ्य सेवामा फड्को मार्दै:  स्वास्थ्यमन्त्री डा. सुधा
News

धौलागिरी अस्पतालले स्वास्थ्य सेवामा फड्को मार्दै:  स्वास्थ्यमन्त्री डा. सुधा

2 days ago
1.6k
ॐ हस्पिटलमा बेसिक कार्डियाक लाइफ सपोर्ट कार्यशाला सम्पन्न
News

ॐ हस्पिटलमा बेसिक कार्डियाक लाइफ सपोर्ट कार्यशाला सम्पन्न

2 days ago
1.6k
मेडिकल काउन्सिल निर्वाचनका लागि तोकियो २१ स्थानमा मतदान केन्द्र
News

चिकित्सक लाइसेन्ज परीक्षामा ६० प्रतिशल फेल

3 days ago
1.6k
महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी नियुक्त
News

महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी नियुक्त

3 days ago
1.7k
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १० औं वार्षिकोत्सब सम्पन्न
News

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १० औं वार्षिकोत्सब सम्पन्न

4 days ago
1.6k
नेपालमै पहिलोपटक ह्याम्स हस्पिटलमा ईएसडी प्रविधिबाट उपचार सुरु
News

नेपालमै पहिलोपटक ह्याम्स हस्पिटलमा ईएसडी प्रविधिबाट उपचार सुरु

4 days ago
1.6k
Next Post
मेडिकल एसोसिएसन अध्यक्षमा युरोलोजिस्ट डा. भुसालको उम्मेदवारी, एजेण्डा के छन् ?

मेडिकल एसोसिएसन अध्यक्षमा युरोलोजिस्ट डा. भुसालको उम्मेदवारी, एजेण्डा के छन् ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Bhageshwor Gaun palika awareness
Sitlahar bata kasari bachne HO Dhangadhi
Sitlahar bata kasari bachne HO Dhangadhi
Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (132)
  • Disease (106)
  • English (51)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,426)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.