धरान , १८ भाद्र २०७७
वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक डिनमा प्राध्यापक डाक्टर शिवेन्द्र झा नियुक्त हुनुभएको छ ।
झालाई प्रतिष्ठानको नियमावली, २०५५ को नियम २०४ को उपनियम (१) बमोजिम प्रतिष्ठानकाे उपकुलपति प्राध्यापक डाक्टर ज्ञानेन्द्र गिरिले बुधबार शिवेन्द्र झालाई डीन नियुक्त गर्नुभएको हो । प्रतिष्ठानका शिक्षाध्यक्ष प्राध्यपाक डाक्टर गुरुप्रसाद खनालको सिफारिशमा फरेन्सिक विभाग प्रमुख समेत रहनुभएका प्राडा झा शैक्षिक डिनको रुपमा उपकुलपतिले गर्नुभएको प्रतिष्ठानका प्रवक्ता प्राध्यपक डा. निदेश सापकोटाले जानकारी दिनुभयो ।
प्रवक्ता सापकोटाका अनुसार प्राडा.झा संकाय तर्फका परीक्षा बाहेक सम्पूर्ण शैक्षिक कार्यक्रमहरु संचालनार्थ प्रतिष्ठानको डीन (शैक्षिक) पदमा नियुक्त हुनुभएको हो । नियुक्तिसँगै उहाँले कार्यभार सम्हाल्नु भएको प्रा.डा झादले यसअघि दुई कार्यकाल प्रतिष्ठानको सहायक परिक्षा डिन भएर काम गरिसेका गरिसक्नु भएको थिया ।
प्रमुख समेत रहनुभएका शैक्षिक डिन प्राध्यापक डा.सिवी झाको भदौ १ गते ३ वर्ष कार्यकाल सकिए सगै डिन पद खाली रहेका थियो ।