Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण ११
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

धनगढीका स्वास्थ्यकर्मीहरु ६ महिना देखि तलबभत्ता नपाएपछि आन्दोलित #Dhangadhi

Nam Raj Bhatta by Nam Raj Bhatta
March 29, 2023
in News
Reading Time: 1 min read
A A
0
धनगढीका स्वास्थ्यकर्मीहरु ६ महिना देखि तलबभत्ता नपाएपछि आन्दोलित #Dhangadhi
633
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

धनगढी, १५ चैत्र २०७९

कैलालीस्थित धनगढी उपमहानगरपालिकाको गेटमा ५४ कर्मचारीहरु ४दिन देखि धर्नामा बसेका छन्।

उपमहानगरपालिका स्वास्थ्य शाखा र १९ वडाका स्वास्थ्य संस्थाका कर्मचारी तलबभत्ता नपाएपछि आइतबारदेखि हातमा कालोपट्टी बाँधेर धर्नामा बसेका हुन्। स्वास्थ्यकर्मी आन्दोलित भएका कारण उपमहानगरको स्वास्थ्य सेवा प्रभावित भएको छ।

माग सम्बोधन नहुन्जेलसम्मका लागि स्वास्थ्य सेवा र विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक लगायतका सेवामा सहभागी नहुने चेतावनी उनीहरूको छ। माग पूरा नभए आन्दोलनका थप कार्यक्रम गर्ने तयारीमा उनीहरू छन्।

Dhangadhi dharna

स्वास्थ्य मन्त्रालयले स्वास्थ्यसेवाका कर्मचारीको समायोजन मिलानसम्बन्धी मापदण्ड ल्याएर समायोजन गरेको थियो। उपमहानगरपालिकाले समायोजन मिलान भई आउने कर्मचारीलाई तलब दिने सहमति दिएको थियो। सहमतिमा समायोजन मिलान भई आउने कर्मचारीलाई तत्काल हाजिर गराई कामकाज लगाइने र नियमअनुसारको तलबभत्ता उपलब्ध गराउने उल्लेख छ।

धनगढी उपमहानगरपालिकाको वडा नं १३ को आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत जनस्वास्थ्य निरीक्षक अनिता खड्का आफू समायोजनमा आए पनि तलबभत्ता नपाएको बताउँछिन्। उनी अछामको मेल्लेख गाउँपालिकाबाट समायोजनमा वडामा आएकी हुन्। समायोजन मिलान गरी आएकी खड्काले असोजदेखि तलबभत्ता पाएका छैनन्।

२०७७ वैशाखमा डोटीको केआई सिंह गाउँपालिकाबाट समायोजन मिलान गरी धनगढी आएकी सीअनमी मीना पाण्डे पनि तलबभत्ता नपाउँदा समस्यामा परेको बताउँछिन्। धनगढी उपमहानगरपालिकामा समायोजन भएकी सीअहेब जानकी कार्की सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कार्यरत रहे पनि तलब पाएकी छैनन्।

धनगढी उपमहानगरपालिका–२ को आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अहेब शिशिर शर्मा सुरुको समायोजन बझाङको छबिस पाथेभरा गाउँपालिकामा भएको थियो। उनी पनि २०७७ सालको समायोजन संशोधनका क्रममा दोहोरो सहमति लिई धनगढी उपमहानगरपालिकामा आएका थिए।

Krishna bohara

धनगढी उपमहानगरमा स्वास्थ्य शाखालगायत अन्य दुई स्वास्थ्य चौकीमा गरी १६ जनाको दरबन्दी छ। आर्थिक वर्ष २०७५/०७६ मा तत्कालीन सरकारले दुई वर्षभित्र सबै स्थानीय तहमा चिकित्सकसहितको स्वास्थ्य संस्था र हरेक वडामा कम्तीमा एउटा स्वास्थ्य संस्था स्थापना गर्ने नीति लिएको थियो।

उपमहानगरपालिकाले १९ वटै वडामा स्वास्थ्य संस्था विस्तार गर्‍यो। धनगढी उपमहानगरपालिकामा एक सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, दुई स्वास्थ्य चौकी, सात सहरी स्वास्थ्य केन्द्र र नौ वटा आभारभूत स्वास्थ्य केन्द्र छन्।

धनगढी उपमहानगरपालिकाको सबैभन्दा बढी जनसंख्या भएको बडा नं ३ हो। सो वडामा २१ हजार दुई सय ५८ जनसंख्या छ। वडामा स्थापना भएको आधारभूत स्वास्थ्य केन्द्रमा करारसहित चारजना कर्मचारी कार्यरत रहेको वडाध्यक्ष राजबहादुर ऐरले बताए।

उनले सरकारी नीति कार्यान्वयनका लागि आर्थिक पक्ष सबल नहुँदा समस्या देखिएको बताए। उनले निर्वाचित भएर आइसकेपछि दोस्रो बजेट बनाउने पूर्वसन्ध्यामा रहेको जानकारी दिए। ‘कर्मचारीको समस्या जानकारी थिएन। धर्ना बसेको ठाउँमा छलफलका लागि बस्दा उपमहानगरले व्यहोर्ने कुरा पत्रमा उल्लेख भएको थाहा पायौँ। त्यसमा स्वास्थ्य मन्त्रालयले पनि सहमति दिएको थियो।

उपमहानगरप्रमुख गोपाल हमालले स्वास्थ्य सेवाका कर्मचारीलाई ६ महिनादेखि तलबभत्ता खुवाउन नसकिएको स्वीकार गरे। हमालले संघीय सरकारसँग तलबभत्ता निकासा गर्न आवश्यक पहल भइरहेको बताए। ‘स्वास्थ्य सेवाका कर्मचारीले तलबभत्ता नपाएको भन्दै दुई पटक स्वास्थ्य मन्त्रालयमा गएर कुरा गरे पनि रकम प्राप्त भएको छैन’, हमालले भने। स्वास्थ्य सेवाका कर्मचारीलाई तलबभत्ता खुवाउन संघीय सरकारबाट बजेट निकासाका लागि पहल भइरहेको उपमहानगरले जनाएको छ।

कर्मचारी समायोजन गर्दा आवश्यकताभन्दा बढी पठाएको संघीय सरकारले तलबभत्ता पनि पठाउनुपर्ने जिकिर हमालको छ। उनी भन्छन्, ‘संघीय सरकारले कि तलबभत्ता पठाउनुपर्र्छ कि त कर्मचारी फिर्ता लैजानुपर्छ।’

प्रमुख हमालले आवश्यकभन्दा बढी कर्मचारी समायोजन गरी पठाएको भने पनि स्थानीय स्तरमा स्थापना भएका स्वास्थ्य संस्थामा पर्याप्त कर्मचारी छैनन्। स्वास्थ्य मन्त्रालयले स्थानीय तहका वडामा रहने आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई जनसंख्याका आधारमा तीन तहमा वर्गीकरण गरी दरबन्दी प्रस्ताव गरेको छ।

पाँच हजार बढी जनसंख्या भएको वडालाई क वर्गमा राख्दै १० जना, दुई हजार देखि पाँच हजारसम्म जनसंख्या भएको वडाको आधारभूत स्वास्थ्य केन्द्रलाई ख वर्गमा राख्दै आठ जना र दुई हजारभन्दा कम जनसंख्या भएको वडाको आधारभूत स्वास्थ्य केन्द्रलाई ग वर्गमा राख्दै ६ जनाको दरबन्दी प्रस्ताव गरिएको छ।

क वर्गको आधारभूत स्वास्थ्य केन्द्रमा पाँचौँ, छैटौँ र सातौँ तहका हेल्थ असिस्टेन्ट/सीअहेब एक, पाँचौँ, छैटौँ र सातौैँ तहका स्टाफ नर्स वा अनमी एक, चौथो, पाँचौँ, छैटौँ तहका ल्याब असिस्टेन्ट एकजना, चौथो, पाँचाैँ, छैटाैँ तहको समुदाय स्वास्थ्य सहायक तीनजना, चौथो, पाँचौँ, छैटौँ तहको समुदाय नर्स सहायक तीन जना र कार्यालय सहायक एक जना रहने व्यवस्था छ।

ख वर्गको आधारभूत स्वास्थ्य केन्द्रमा पाँचौँ, छैटौँ र सातौँ तहको हेल्थ असिस्टेन्ट/सीअहेब एक, पाँचौँ, छैटौँ र सातौँ तह स्टाफ नर्स वा अनमी एकजना, चौथो, पाँचौँ, छैटौँ तहको ल्याब असिस्टेन्ट एकजना, चौथो, पाँचाैँ/छैटाैँ तहको समुदाय स्वास्थ्य सहायक दुई जना, चौथो, पाँचाैंँ छैटौँ तहको समुदाय नर्स सहायक दुई जना र कार्यालय सहायक एक जना रहने व्यवस्था छ। क वर्गको आधारभूत स्वास्थ्य केन्द्र पाँच हजार बढी जनसंख्या रहेको क्षेत्रमा हुने व्यवस्था छ।

Tags: Corona Virus #Covid19Dhangadhi municipality
SummarizeShare281ScanTweet147

Related articles

जटिल रोगको उपचारमा सहज बनाउन ह्याम्स–म्याक्स अस्पताल बीच सहकार्य

जटिल रोगको उपचारमा सहज बनाउन ह्याम्स–म्याक्स अस्पताल बीच सहकार्य

by Nam Raj Bhatta
July 25, 2026
0

नेपालस्थित ह्याम्स अस्पताल र भारतको म्याक्स सुपर स्पेसियालिटी अस्पतालबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजित संयुक्त कन्टिन्युइङ मेडिकल एजुकेसन (सीएमई) कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार एक आयोजित...

आमा र शिशुको जीवन बचाउन सफल अर्को प्रेरणादायी प्रयास

आमा र शिशुको जीवन बचाउन सफल अर्को प्रेरणादायी प्रयास

by Nam Raj Bhatta
July 25, 2026
0

बुर्तिबाङ अस्पतालबाट प्रसूति पश्चात् अत्यधिक रक्तस्राव (Postpartum Hemorrhage) भई जटिल अवस्थामा रेफर भई आउनुभएकी एक सुत्केरीको धौलागिरि प्रादेशिक अस्पतालमा सफलतापूर्वक उपचार गरिएको छ। अस्पताल आइपुग्नेबित्तिकै विशेषज्ञ चिकित्सक तथा...

महानगरबासी र विपन्न बिरामीले राष्ट्रिय ट्रमा सेन्टरमा निःशुल्क ‘अर्थोपेडिक इम्प्लान्ट’ पाउने : काठमाडौँ महानगरपालिकाबाट अर्थोपेडिक इम्प्लान्ट प्रदान

महानगरबासी र विपन्न बिरामीले राष्ट्रिय ट्रमा सेन्टरमा निःशुल्क ‘अर्थोपेडिक इम्प्लान्ट’ पाउने : काठमाडौँ महानगरपालिकाबाट अर्थोपेडिक इम्प्लान्ट प्रदान

by Nam Raj Bhatta
July 25, 2026
0

काठमाडौं महानगरपालिकाले राष्ट्रिय ट्रमा सेन्टरलाई करिब ८० लाख रुपियाँ लागत बराबरका अर्थोपेडिक इम्प्लान्ट उपलब्ध गराएको छ । महानगरबासी र विपन्न तथा वेवारिसे विरामीलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले आज...

निजी मेडिकल कलेज तथा अस्पताल गरि १२ ठाउँबाट स्वास्थ्य बीमा कार्यक्रम लागू

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत

by Nam Raj Bhatta
July 25, 2026
0

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि परेका आवेदनमध्ये १३ जनाको आवेदन स्वीकृत भएको छ। बोर्डको कार्यकारी निर्देशक पदपूर्ति सिफारिस समितिले शुक्रबार सूचना प्रकाशित गर्दै २०८३ असार...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    834 shares
    Share 334 Tweet 209
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    696 shares
    Share 278 Tweet 174
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    677 shares
    Share 292 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    639 shares
    Share 256 Tweet 160
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    691 shares
    Share 308 Tweet 160

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • जटिल रोगको उपचारमा सहज बनाउन ह्याम्स–म्याक्स अस्पताल बीच सहकार्य
  • आमा र शिशुको जीवन बचाउन सफल अर्को प्रेरणादायी प्रयास
  • महानगरबासी र विपन्न बिरामीले राष्ट्रिय ट्रमा सेन्टरमा निःशुल्क ‘अर्थोपेडिक इम्प्लान्ट’ पाउने : काठमाडौँ महानगरपालिकाबाट अर्थोपेडिक इम्प्लान्ट प्रदान
  • स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  • नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.