सुनसरी , ०१ असार
सुनसरीको इटहरी स्थित माया घर नेपालमा चिकित्सक तथा युबा अभियान्ता डाक्टर देबराज घिमिरेको नेतृत्व करिब ५० जनाको निशुल्क स्वास्थ्य परीक्षण तथा औषधी बितरण गरिएको छ।
लकडाउनमा माया घरमा रहनु भएका आमा-बुबालाई अस्पताल सम्म लैजानको लागि असहज भयकोले माया घर मै उपचारको लागि चिकित्सक ल्याईएको माया घरमा सम्बन्ध रहेकि समाजसेवी तथा ब्युटिसियन मनिता तामाङलेे बताईन।सो घरमा सुगर रोग, मानसिक रोग,छाला सम्बन्धिका रोग,प्रेसर भएका बिरामि रहेको उपचारमा संग्लन डाक्टर अमर यासिरले बताउनु भयो।
यो लकडाउनमा बिश्वनै कोरोनाको चपेटामा परेको बेला माया घरले सहयोग मागेकाले अाफुहरुले करिब ४० हजार बराबरको औषधी बितरण तथा ५० जनाको स्वास्थ्य परिक्षण गरेको र अस्पताल लानुपर्ने बिरामिलाई अस्पताल लान सल्लाह दिएको चिकित्सक तथा युबा अभियान्ता डा . देबराज घिमिरेले बताउनु भयो।
यस अघि नि डाक्टर घिमिरेले बिभिन्न सामाजिक कार्य हरु गर्दै आउनु भएको र गरिब,दिन-दुखि,पिछडा,दलितको घर मै पुगि उपचार र औषधि बितरण गर्दै आउनु भएको छ।
Good job done by doctors team at maya ghar.