काठमाडौं, ०१ मंसिर २०८२
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पदमा डा. केशरबहादुर ढकाल नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १२ औँ तहको अतिरिक्त सचिवका रुपमा रहेका डा. ढकाल विभागको महानिर्देशकमा नियुक्त भएका हुन्।
यसअघि विभागका महानिर्देशक डा. टंक बाराकोटीले स्वास्थ्य तथा पारिवारिक कारण देखाउँदै गत आइतबारबाट लागू हुने गरी पदबाट राजीनामा दिएका थिए।
डा. बाराकोटीको राजिनामा स्वीकृत भईसकेको थियो।










