काठमाडौं, ११ भाद्र २०८०
नेपाल दन्त सामग्री बितरण संघको तेस्रो साधारणसभा काठमाडौंको वानेश्वर स्थित आन्नद भूमि होटेलमा भव्यताका साथ सम्पन्न भएको छ।
शनिबार संघको तेस्रो बार्षिक साधारण सभाबाट पुन: सालिक राम अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।
संघको उपाध्यक्षमा सुनिल बराइली, सचिबमा निरन्जन खतिवडा, सहसचिवमा केशब प्रसाद लम्साल, कोषाध्यक्षमा प्रशान्त कुमार संघाइ र सह कोषाध्यक्षमा शेखर प्रसाद सुबेदीलाई निर्विरोध चयन भएका छन्।
त्यस्तै सदस्यहरुमा सन्जीब बराल, रमेश तिमिल्सिना, सुमन अधिकारी, हरि राज रेग्मी, सुवा श्रेष्ठ, अमर राज बस्याल र रोसिर मास्केलाई चयन गरेको छ।
कार्यक्रमको उद्घाटनमा नेपाल दन्त सामग्री बितरण संघका सदस्य हरि राज रेग्मीले स्वागत मन्तव्य राख्नुभएको थियो।
बितरण संघका अध्यक्ष सालिक राम आर्यालले तेस्रो साधारणसभामा देशभर बाट सहभागिता जनाउन हुने पधाधिकारीलाई धन्यवाद टक्र्याउन भयो।
उनले भने; यस दन्त सामग्री बितरण संघमा भएको त्रुटि कमजोरीलाई समयमै समस्याको समाधान गर्न सकिने अर्यालले बताउनुभयो।
संस्थागत सम्बन्धित क्लिनिक, डाक्टर, सरकारी संस्थाका निकायहरु सँगसँगै सहकार्य गरेर निश्चित गन्तव्यमा पुगिने अर्यालले बताए।
कार्यक्रमको सञ्चालन दन्त सामग्री बितरण संघका सचिब निरन्जन खतिवडाले गरेका थिए।
Comments 1