काठमाडौं, १७ जेठ २०८२
नेपाल डेन्टल एशोसिएसनको नयाँ कार्यसमितिका लागि आज काठमाडौं उपत्यका भित्र निर्वाचन हुँदैछ। काठमाडौं बाहिर गत जेठ १० गते भइसकेको छ। काठमाडौंभित्र १७ गते सहसचिवबाहेका पदमा मतदान हुने भएको हो।
अध्यक्षमा डा. अच्युत प्रसाद भट्ट र डा. अजय शाह बिच प्रतिष्पर्धा हुँदैछ। उपाध्यक्षमा डा. दीलीप प्रजापती र डा. विधान श्रेष्ठ, महासचिवमा डा. सीमान्त लामिछाने र डा प्रदीप भण्डरीबीच निर्वाचन हुँदैछ।
कोषाध्यक्षमा डा. लोकेस वर्मा र डा. यस्टिका श्रेष्ठले दाबी गरेका छन्। सहसचिवमा डा. दीपक कुमार शर्मा निर्विरोध भएका छन्।
जम्मा ४ सदस्यका लागि ६ जनाको उम्मेदवारी रेको छ। डा. शिरिषचन्द्र रेग्मी, डा. इशु घिमिरे, डा. भुमेश काफ्ले, डा. जुनेद हसन, डा. विजिता मण्डल र डा. संजय रन्जीतले उम्मेदवारी दिएका छन्
डा. अच्युत प्रसाद भट्टका एजेन्डा
१ NDA को विधान र शासन नीतिहरू अद्यावधिक गरी एक उपाध्यक्ष र संयुक्त सचिव पद महिलाहरूका लागि आरक्षित गरिनेछ। नेतृत्व संरचनामा ७ वटा प्रदेश प्रतिनिधिहरू र मान्यता प्राप्त दन्त चिकित्सा संगठनका अध्यक्षबाट मनोनीत सदस्यहरू समावेश गरिनेछ।
२. नेपाल मेडिकल काउन्सिल (NMC) बाट BDS-MD/MS लाई विशेषज्ञता डिग्रीको रूपमा आधिकारिक मान्यता दिलाउन र लोक सेवा आयोगबाट समतुल्यता प्राप्त गर्न पहल गरिनेछ, NMC सेवाहरूमा सम्मान पहुँच प्रवर्दन गरिनेछ; समतुल्यता, विदेशी परीक्षा र स्वदेशी संस्थाहरू सम्बन्धी चुनौतीहरू समाधान गर्न सम्बन्धित समितिहरूमा दन्त चिकित्सकहरूको प्रतिनिधित्व वृद्धि गरिनेछ।
३. ५|१०|१५ शैयाको अस्पतालहरूमा BDS पदहरू स्थापना गर्न पहल गरिनेछ, ५०+ शैयाको अस्पतालहरूमा कम्तीमा एक जना कन्सल्ट्यान्ट र १००+ शैयाको अस्पतालहरूमा आवश्यक कन्सल्ट्यान्टहरु सहित पूर्ण दन्त सेवा स्थापना गर्न/गराउन पहल गरिनेछ, डेन्टल कलेजहरूमा संकाय सदस्यहरूको नियुक्ति MEC नियमावली अन्तर्गत सुरक्षित राखिनेछ।
४. डेन्टल कलेजका संकाय सदस्यहरू र मेडिकल अफिसरहरूको तलब वृद्धिका लागि आवश्यक पहल कदमी लिइनेछ।
५. Student Wing, Foreign Affair Division, Finance Committee, Research and Training Committee, Ethical Practice Committee, र Extra Curricular Activities Committee हरु स्थापना तथा सञ्चालन गरिनेछ।
६. क्लिनिक तथा Practice सम्बन्धी समस्यामा परेका दन्त चिकित्सकहरूलाई नि:शुल्क कानुनी सहायता प्रदान गरिनेछ।
७. NDA Hotline सेवा स्थापना गरिनेछ, दन्त चिकित्सक र उहाँहरूको परिवारका लागि निःशुल्क दन्त उपचार कार्यक्रमहरू सञ्चालन गरिनेछ, साथै Chronic illness वा दुर्घटना अवस्थामा अधिकतम ५ लाख रुपैयाँसम्मको आर्थिक सहायता प्रदान गरिनेछ। पहिलो पटक क्लिनिक खोल्ने युवा दन्त चिकित्सकहरूलाई प्रमाणपत्र धितो प्रणालीमार्फत ऋण उपलब्ध गराउन सहायता प्रदान गरिनेछ र साथै क्लिनिक तथा अस्पताल ‘दर्तामा समेत सहजीकरण गरिनेछ।
८. MOU मार्फत अन्तरास्ट्रिय सम्बन्ध विस्तार गरिनेछ, दन्त चिकित्सा क्षेत्रमा नयाँ प्रविधि सहितको अभ्यासहरूमा जोड दिइनुका साथै हाम्रा university को डिग्रीलाई अन्तर्राष्ट्रिय स्तरको मान्यता प्राप्त गर्नका लागि प्रयास गरिनेछ।
९. NDA कार्यालयमा पाहुनाहरूका लागि आवास सुविधा स्थापना गरिनेछ। २ वर्षभित्र सबै NMC मा दर्ता भएका दन्त चिकित्सकहरूलाई NDA सदस्यता अन्तर्गत एकीकृत गरिनेछ। अन्तरास्ट्रिय सहकर्मीहरूलाई NDA मानार्थ सदस्यता विस्तार गरिनेछ।
१०. “क्वाक-रहित दन्त चिकित्सा”‘ को वकालत गरिनुका साथै दन्त चिकित्सा क्षेत्रमा कडा कानुनी र नैतिक सीमाहरू स्थापना र कार्यान्वयन गर्न सरकारी निकायहरूसँग सहकार्य गरिनेछ।
११. नेपाल मेडिकल काउन्सिलसँग सहकार्य गरी प्रत्येक प्रदेशीय NDA मार्फत निरन्तर व्यावसायिक विकास (CPD) कार्यक्रमहरू सञ्चालन गरिनेछ।
सहकार्य गरी प्रत्येक प्रदेशीय NDA मार्फत निरन्तर व्यावसायिक विकास (CPD) कार्यक्रमहरू सञ्चालन गरिनेछ।