आज मिति : २०८२ जेष्ठ १६
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

१५ शैय्याको आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी राख्न डेन्टल एसोसिएसनको माग

Nam Raj Bhatta by Nam Raj Bhatta
May 3, 2025
in News
A A
0
१५ शैय्याको आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी राख्न डेन्टल एसोसिएसनको माग
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २० बैशाख २०८२

नेपाल डेन्टल एसोसिएसनले स्थानीय तहमा बन्दै गरेका १५ शैयका आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी राख्न माग गरेको छ ।

बैशाख ८ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत आधारभूत अस्पताल सञ्चालन मापदण्ड २०८१ हालै सार्वजनिक भएको छ ।

सो मापदण्डमा १५ शैय्याको आधारभूत अस्पतालको प्रस्तावित दरवन्दी तेरिज मेडिकल सुपरीटेण्डेन्ट नवौँ दशौँ तहको नेतृत्वमा अरु दुई जना मेडिकल अधिकृत आठौँ तहका रहने व्यवस्था छ ।

अहिलेसम्म दन्त चिकित्सकको दरबन्दी छैन । बरु ५, १० र १५ शैय्या आधारभूत अस्पतालमा दन्त उपचारको कामका लागि डेन्टल हाईजिनिष्ट राखिएको छ । एसोसिएसनले यसैमा आपत्ति जनाएको हो ।

सार्वजनिक भएको मापदण्ड र त्यसमा उल्लेखित दरबन्दी तेरिजको एसोसिएसनका अध्यक्ष डा. प्रणयरत्न शाक्य र महासचिव डा. विश्वप्रकाश ठाकुरले विज्ञप्ती जारी गर्दै बिरोध जनाएका छन् ।

एसोसिएसनले आगामी २६ बैशाख शुक्रबारसम्म प्रस्तावित दरवन्दी तेरिज सच्याई १५ शैय्यामा कम्तिमा १ जना दन्त चिकित्सक राख्ने व्यवस्था मिलाउन भनेका छन् । उनीहरुले सो अवधीमा नसच्चिए देशव्यापी आन्दोलनमा उत्रने समेत चेतावनी दिएका छन् ।

आधारभूत अस्पतालमा दन्त चिकित्सकलाई नराख्ने संकेत तीन वर्ष अघि देखि नै थियो । त्यसबेलाको प्रस्तावित दरवन्दी तेरिजमा पनि दन्त चिकित्सक कहि कतै उल्लेख नहुँदा एसोसिएसनले मन्त्रालय नेतृत्वको बारम्बार ध्यानाकर्षण गराएको उल्लेख गरेको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘आधारभूत अस्पतालको प्रस्तावित दरबन्दी तेरिजमा तीन वर्ष अघि देखि नै बारम्बार ध्यानाकर्षण गराएका हौँ,  तत्कालीन स्वास्थ्य सचिवले १५ शैय्याको अस्पतालमा दन्त चिकित्सकको दरबन्दी रहेको जानकारी गराउनु भएको थियो । पछि मन्त्रालयको प्रवक्ताले समेत त्यस विषयमा सकारात्मक भएको बताउनु भएको थियो ।’

एसोसिएसनले देशभर दन्त चिकित्सक ६ हजार बढी उत्पादन भएको तर स्थायी दरबन्दीमा १०० जना पनि नरहेको अवस्थामा १५ शैय्या अस्पतालमा समेत दन्त चिकित्सक नराख्दा नेपाली नागरिकलाई सरकारले नै भेदभाव गरेको आभास भएको उल्लेख गरेको छ ।FB IMG 1746249782567

Tags: #Health and population ministryNepal Dental association
Nisarga hospital Dhangadhi
Previous Post

खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइने

Next Post

भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकद्वारा सिन्धुलीमा स्तन र पाठेघरको क्यान्सरको स्क्रिनिङ

Related articles

Health ministry
News

स्वास्थ्य मन्त्रालयको बजेट अगामी वर्षको लागि९५ अर्व ८१ करोड बिनियोजन

18 hours ago
790
निजी मेडिकल कलेज तथा अस्पताल गरि १२ ठाउँबाट स्वास्थ्य बीमा कार्यक्रम लागू
News

आर्थिक वर्ष २०८२/०८३ – स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब बिनियोजन

19 hours ago
789
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको ५ औं महाधिवेशन जेठ १७ देखि १८सम्म हुने
News

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको ५ औं महाधिवेशन जेठ १७ देखि १८सम्म हुने

2 days ago
885
भक्तपुर क्यान्सर अस्पतालको सहयोगमा पूर्वी नेपालमा १ हजार ६ सय जनाको निशुल्क क्यान्सर स्क्रिनिङ
News

भक्तपुर क्यान्सर अस्पतालको सहयोगमा पूर्वी नेपालमा १ हजार ६ सय जनाको निशुल्क क्यान्सर स्क्रिनिङ

2 days ago
803
कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडको आइपिओ आउँदै
News

कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडको आइपिओ आउँदै

3 days ago
844
Corona virus
News

भारतमा कोरोनाको नयाँ भेरियन्ट, नेपालका रोग विशेषज्ञहरु के भन्छ्न?

3 days ago
806
Next Post
भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकद्वारा सिन्धुलीमा स्तन र पाठेघरको क्यान्सरको स्क्रिनिङ

भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकद्वारा सिन्धुलीमा स्तन र पाठेघरको क्यान्सरको स्क्रिनिङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Patan Municipality Baitadi 8 disease notice
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (48)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,044)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...