काठमाडौं, ५ चैत्र २०८०
नेपाल डेन्टल हाइजेनिष्ट एसोसिएसनको आठौं अधिवेशनबाट अध्यक्षमा प्रदीप तमाङ्ग निर्बिरोध चयन भएका छ्न।
शनिबार राजधानीमा भएको आठौं अधिवेशनको प्रमुख अथिती स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले उद्घाटन गरेका थिए।
एसोसिएसनको उपाध्यक्षमा साधाना पण्डित, महासचिवमा पिताम्बर गिरी र कोषाध्यक्षमा टंक बहादुर बिक चयन हुनुभएको छ।
त्यस्तैगरी सदस्यहरुमा सुवास नेपाल, जगन्नाथ यादव, रतन थापा र कान्छा बहादुर घिमिरे रहेका छ्न।
अधिवेशनले सातै प्रदेशमा एसोसिएसनको सदस्यमा चयन गरेको छ।
प्रदेश सदस्य अन्तर्गत मधेश प्रदेशमा दिलिप कुमार यादव, बागमती प्रदेशमा दिलराम श्रेष्ठ, गण्डकी प्रदेशमा उमापती भुसाल, लुम्बिनीमा राजन रायमाझी र सुदुरपश्चिम प्रदेशमा बम बहादुर शाही चयन भएका छ्न।
कोशी प्रदेश र कर्णाली प्रदेशमा भने केही दिनमा चयन गरिने एसोसिएसनका पूर्व अध्यक्ष राजकुमार तमाङ्गले जानकारी दिनुभयो।
अधिवेशनमा विशेष अथिती नेपाल डेन्टल साइन्स हाइजिनिस्टका अध्यक्ष माइकल देवकोटा, सिटिइभिटीको स्तर निर्धारण महाशाखाको प्रमुख लगायतको सहभागिता रहेको थियो। यसअघि एसोसिएसनको अध्यक्षमा अमृत भुसाल रहनु भएको थियो।