काठमाडौं, २८ चैत्र २०७७
नेपाल डेन्टल एसोसिएसनको १४ औं महाधिवेशनबाट अध्यक्षमा डा. सुभित मास्के निर्वाचित हुनुभएको छ।
शनिबार भएको निर्वाचनमा प्रतिपक्षी अध्यक्षका दाबेदार डा.कुम्भ राज जोशीलाई ३२९ मतले हराउनु भएको हो।
डा. सुभित मास्केको ६०६ मत आउँदा डा. कुम्भ राज जोशीले २७७ मत आएको छ।
त्यस्तैगरी महासचिवमा डा. गालब अधिकारी निर्वाचित भएका छन्। उनका प्रत्यासी डा. जोन गुरुङ भन्दा २१५ मत बढी मत लिएका छन्। डा. अधिकारीले ५४८ मत र डा. गुरुङले ३३३ मत पाए।
कोषाध्यक्षमा डा. निश्चल कुवँर बिजयी भएका छन्। अर्का दाबेदार डा. चेतन बस्नेतलाई २३ मतको झिनो अन्तरले हराएर डा. कुवँरले बाजी मारेका थिए।
डा. कुवँरको ४४० मत आउँदा डा. बस्नेतको ४१७ मत आएको थियो।
यस अघि उपाध्यक्षमा डा. अजय कुमार शाह , सह सचिवमा डा. विश्व प्रकाश ठाकुर निर्बिरोध निर्वाचित भएका थिए।
त्यस्तैगरी सदस्यहरूमा पनि डा. अच्युत भट्ट , डा. हरि प्रसाद ओली , डा. लोकेश बर्मा र डा. खिलिशा पोखरेल यस अघि नै निर्विरोध निर्वाचित भएका थिए।