काठमाडौं, २८ चैत्र २०७७
नेपाल डेन्टल एसोसिएसनको नयाँ कार्यसमिति कार्यकालको लागि बिजुली बजार स्थित क्रिस्टल पार्टी प्यालेसमा मतदान भइरहेको छ।
बिहान ९ बजे देखि शुरू भएको मतदानमा ३ सय मत खसेको निर्वाचन संयोजक डा.अनिल शाक्यले जानकारी दिनुभयो।
मतदान अपराहृन ४ सम्म चलिरहने छ। मतदानमा १२ सय जना डेन्टिष्ट हरुको नाम दर्ता रहेको छ।
अध्यक्षका लागि डा. सुभित मास्के र डा.कुम्भ राज जोशी मैदानमा उत्रिएका छन्। त्यसैगरी महासचिवमा डा.गालब अधिकारी र डा.जोन गुरुङ प्रतिस्पर्धामा रहेका छन्।
कोषाध्यक्षका लागि डा.चेतन बस्नेत र डा.निश्चल कुवँर उम्मेदवारी छ। अन्य पदमा भने यस अघि नै निर्विरोध निर्वाचित भएका थिए।