काठमाडौं, २२ फागुन २०७७
नेपाल डेन्टल एसोसिएसनको महाधिवेशन आगामी चैत्र २१ काठमाडौं उपत्यका बाहिर र चैत्र २८ गते काठमाडौं उपत्यकामा हुने भएको छ।
नेपाल डेन्टल एसोसिएसनको अध्यक्ष नेतृत्वको लागि डा.सुभित मास्के र डा. कुम्भ राज जोशीले उम्मेदवारी दर्ता गराएका छन्।
डा. जोशी यस भन्दा अगाडि कार्यकालको महासचिवमा निर्बिरोध चयन भएका थिए।
उपाध्यक्षमा डा. अजय कुमार शाह निर्बिरोध चयन भएका छन्।
त्यस्तैगरी महासचिवमा डा.जोन गुरुङ र डा. गालब अधिकारीले उम्मेदवारी दिएका छन्।
त्यस्तैगरी कोषाध्यक्षमा युवा चिकित्सक संघका अध्यक्ष डा.चेतन बस्नेत र डा. निश्चल कुवँरले नाम दर्ता गराएका छन्।
सहसचिवमा डा.विश्व प्रकाश ठाकुर निर्बिरोध चयन भएका छन्।
सदस्यहरुमा डा. अच्युत भट्ट , डा. हरि प्रसाद ओली , डा.लोकेश वर्मा र डा. खिलासा पोखरेल निर्बिरोध चयन भएका छन्।















Comments 1