10th Nepal Pharma Expo 2026 Kathmandu
आज: २०८२ फाल्गुन १०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पी.भी. खोपको डेमोस्ट्रेसन स्वास्थ्यमन्त्री द्वारा शुभारम्भ

Nam Raj Bhatta by Nam Raj Bhatta
September 13, 2023
in News
Reading Time: 1 min read
A A
0
पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पी.भी. खोपको डेमोस्ट्रेसन स्वास्थ्यमन्त्री द्वारा शुभारम्भ
588
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, २७ भदौ २०८०

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी.(ह्युमन प्यापिलोमा भाइरस) खोपको डेमोस्ट्रेसन शुभारम्भ गरेका छन् ।

बुधबार राजधानीको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आयोजित समारोहमा मन्त्री बस्नेतले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीलाई भ्याक्सिन क्यारियर हस्तान्तरण गरेर उक्त खोपको डेमोस्ट्रेसन शुभारम्भ गरेका हुन ।Cancer

यो अवसरमा धुम्बाराहीकी १४ बर्षिय किशोरी आइरिस मानन्धरलाई पहिलो एच.पि.भी. खोप लगाइएको थियो । शुभारम्भको अवसरमा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयले औपचारिक रुपमा पहिलो पटक पाठेघरको क्यान्सर विरुद्ध प्रभावकारी मानिएको एच.पि.भी खोप शुभारम्भको लागि देशका ७ वटा अस्पताल छानेको र वागमती प्रदेशमा प्रसूति तथा महिला रोगको उपचारको आशाको केन्द्र मानिएको प्रसूति गृहलाई छानेर खोपको सुभारम्भ गरिएको बताउनु भयो ।Khop start

७७ वटै जिल्लाका ९ वर्षदेखि १५ वर्षमुनीका किशोरीहरुलाई यो खोप दिने सरकारको लक्ष्य भएको बताउदै हाललाई २० हजार भाइल खोप आईपुगकाले त्यसबाटै अभियान सुरुवात गरिएको मन्त्री बस्नेतले जानकारी दिए ।

मन्त्री बस्नेतले भने, ‘सबै किशोरीका लागि पुग्ने गरि खोप ल्याउन ग्लोबल भ्याक्सिन अलाइन्स (गाभी) सँग कुरा भइरहेको छ । एक वर्ष भित्र सबैका लागि एच.पि.भी. खोप आइसक्ने छ ।’ पाठेघरको मुखको क्यान्सरका कारण अकालमा ज्यान जोगाइरहेका महिलाको जिवन बचाउन सरकार संवेदनशिल रहेको मन्त्री बस्नेतले बताए ।

कार्यक्रममा परिवार कल्याण महासाखाका निर्देशक डा. विवेककुमार लालले नेपालमा क्यान्सरका कारण मृत्यु हुनेहरुमध्ये सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सरले हुने गरेको तथ्यांक प्रस्तुत गर्दै ९ वर्षदेखि १५ वर्ष उमेर समूहका किशोरीलाई यो खोप लगाउन सकिए अकाल मृत्युबाट बचाउन सकिने बताए ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले ९ देखि १५ वर्ष उमेर समूहका सबै किशोरीहरुलाई खोप आवश्यक भए पनि अहिले थोरैलाइ मात्र दिन सकिएको स्विकार्दै एक वर्ष भित्रै खोप उपलब्ध गराएर नियमित अभियान संचालन गरिने बताए ।Shree prasad. Adhikari

यस्तैगरी सचिव देवकुमारी गुरागाईले यो खोपको शुभारम्भ हुनु खुशीको कुरा भएको बताउदै मन्त्रालय सबैलाई पुग्ने गरि खोप ल्याउन लागिपरेको बताइन ।

स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. संगीता मिश्रले अहिले १७ लाख किशोरीलाई यो खोपको आवश्यकता भएको र सबैका लागि पुग्ने गरि खोप उपलब्ध गराइदिन गाभीसँग प्रस्ताव गरेको र यसका गाभी सकारात्मक रहेकोले एक वर्षभित्र सबैका लागि खोप आईपुग्ने जानकारी दिइन ।

यो खोप विश्व स्वास्थ्य संगठन (डब्लुएचओ ) ले मान्यता प्रदान गरेको खोप हो । छ महिनाको अन्तरमा दुई डोज लगाउनु पर्छ । अहिले पहिलो डोज लगाएका किशोरीले ठिक ६ महिनापछि खोप लगाएकै अस्पतालमा अर्को डोज लगाउन जानुपर्ने छ ।

Dr. Shree prasad adhikari
Dr.shree prasad adhikari 

अस्पताल निर्देशक डा. श्रीप्रसाद अधिकारीले खोप २०६५ भदौ ३० देखि २०६६ भदौ ३० गतेसम्म जन्म मिति भएका किशोरीले मात्र खोप लगाउन पाउने बताए । खोप लगाउनका लागि उमेर खुल्ने प्रमाण लिएर आउनुपर्ने छ।

महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा. अभियान गौतमले प्रसूति गृहसहित कोशी प्रदेशमा कोशी अस्पताल, मधेश प्रदेशमा नारायण अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा भेरी अस्पताल नेपालगञ्ज, कर्णाली प्रदेशमा प्रदेश अस्पताल वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशमा डडेल्धुरा अस्पतालमा एचपीभी खोप लगाइने बताउनुभयो।

Tags: #government of NepalCorona Virus #Covid19Demonstrated CancerDr Shree prasad adhikariParopakar maternity and women hospital thapathali Kathmandu
SummarizeShare237ScanTweet146

Related articles

नेपाल बैंक र सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरी प्रा. लि. बिच सम्झौता

नेपाल बैंक र सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरी प्रा. लि. बिच सम्झौता

by Nam Raj Bhatta
February 22, 2026
0

काठमाडौं, १० फागुन २०८२ नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवारका सदस्यहरुलाई भक्तपुर, बडा नं. ९, राधेराधे स्थित सिग्मा डायग्नोस्टिक्स...

Health ministry

फागुन १५ भित्र जेन-जी घाइतेको विवरण उपलब्ध गराउन स्वास्थ्य सरकारको निर्देशन

by Nam Raj Bhatta
February 22, 2026
0

काठमाडौं, १० फागुन २०८२ सरकारले जेन-जी प्रदर्शनका क्रममा घाइते भएकाहरूको विवरण उपलब्ध गराउन स्वास्थ्य संस्था (अस्पताल)लाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले...

स्वास्थ्य व्यवसायी परिषद्का चार सदस्यको मनोनयन गैरकानुनीले पदमुक्त हुने

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को १७ औं लाइसेन्स परीक्षामा ६७ प्रतिशत उत्तीर्ण

by Nam Raj Bhatta
February 22, 2026
0

काठमाडौं, १० फागुन २०८२ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को १७ औं नाम दर्ता अर्थात (लाइसेन्स परीक्षामा) ६७.३१ प्रतिशत उत्तीर्ण भएका भएका छन् । गत ५ देखि ८ फागुनसम्म परिषदले...

नेपाल फर्मा एक्स्पो २०८२ : क्रिकसल उपाधी नेपाल फर्मास्यूटिकल्स ल्याबलाई

नेपाल फर्मा एक्स्पो २०८२ : क्रिकसल उपाधी नेपाल फर्मास्यूटिकल्स ल्याबलाई

by Nam Raj Bhatta
February 22, 2026
0

काठमाडौं, १० फागुन २०८२ नेपाल फर्मा एक्स्पो २०८२ का अवसरमा आयोजित क्रिकसल प्रतियोगिताको उपाधि नेपाल फर्मास्युटिकल्स ल्याबले जितेको छ। एसोसिएसन अफ फर्मास्युटिकल प्रोड्युसर्स अफ नेपाल एपोनको मार्केटिङ सर्कलद्वारा...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    623 shares
    Share 249 Tweet 156
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप-प्राध्यापक

    600 shares
    Share 240 Tweet 150
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    591 shares
    Share 236 Tweet 148
  • निसर्ग अस्पतालका डा. पन्तलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान

    591 shares
    Share 236 Tweet 148
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    642 shares
    Share 288 Tweet 148

This slideshow requires JavaScript.

Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपाल बैंक र सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरी प्रा. लि. बिच सम्झौता
  • फागुन १५ भित्र जेन-जी घाइतेको विवरण उपलब्ध गराउन स्वास्थ्य सरकारको निर्देशन
  • नेपाल स्वास्थ्य व्यवसायी परिषद्को १७ औं लाइसेन्स परीक्षामा ६७ प्रतिशत उत्तीर्ण
  • नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 
  • नेपाल फर्मा एक्स्पो २०८२ : क्रिकसल उपाधी नेपाल फर्मास्यूटिकल्स ल्याबलाई

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.