Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ श्रावण २७
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पी.भी. खोपको डेमोस्ट्रेसन स्वास्थ्यमन्त्री द्वारा शुभारम्भ

Nam Raj Bhatta by Nam Raj Bhatta
September 13, 2023
in News
A A
0
पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पी.भी. खोपको डेमोस्ट्रेसन स्वास्थ्यमन्त्री द्वारा शुभारम्भ
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २७ भदौ २०८०

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी.(ह्युमन प्यापिलोमा भाइरस) खोपको डेमोस्ट्रेसन शुभारम्भ गरेका छन् ।

बुधबार राजधानीको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आयोजित समारोहमा मन्त्री बस्नेतले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीलाई भ्याक्सिन क्यारियर हस्तान्तरण गरेर उक्त खोपको डेमोस्ट्रेसन शुभारम्भ गरेका हुन ।Cancer

यो अवसरमा धुम्बाराहीकी १४ बर्षिय किशोरी आइरिस मानन्धरलाई पहिलो एच.पि.भी. खोप लगाइएको थियो । शुभारम्भको अवसरमा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयले औपचारिक रुपमा पहिलो पटक पाठेघरको क्यान्सर विरुद्ध प्रभावकारी मानिएको एच.पि.भी खोप शुभारम्भको लागि देशका ७ वटा अस्पताल छानेको र वागमती प्रदेशमा प्रसूति तथा महिला रोगको उपचारको आशाको केन्द्र मानिएको प्रसूति गृहलाई छानेर खोपको सुभारम्भ गरिएको बताउनु भयो ।Khop start

७७ वटै जिल्लाका ९ वर्षदेखि १५ वर्षमुनीका किशोरीहरुलाई यो खोप दिने सरकारको लक्ष्य भएको बताउदै हाललाई २० हजार भाइल खोप आईपुगकाले त्यसबाटै अभियान सुरुवात गरिएको मन्त्री बस्नेतले जानकारी दिए ।

मन्त्री बस्नेतले भने, ‘सबै किशोरीका लागि पुग्ने गरि खोप ल्याउन ग्लोबल भ्याक्सिन अलाइन्स (गाभी) सँग कुरा भइरहेको छ । एक वर्ष भित्र सबैका लागि एच.पि.भी. खोप आइसक्ने छ ।’ पाठेघरको मुखको क्यान्सरका कारण अकालमा ज्यान जोगाइरहेका महिलाको जिवन बचाउन सरकार संवेदनशिल रहेको मन्त्री बस्नेतले बताए ।

कार्यक्रममा परिवार कल्याण महासाखाका निर्देशक डा. विवेककुमार लालले नेपालमा क्यान्सरका कारण मृत्यु हुनेहरुमध्ये सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सरले हुने गरेको तथ्यांक प्रस्तुत गर्दै ९ वर्षदेखि १५ वर्ष उमेर समूहका किशोरीलाई यो खोप लगाउन सकिए अकाल मृत्युबाट बचाउन सकिने बताए ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले ९ देखि १५ वर्ष उमेर समूहका सबै किशोरीहरुलाई खोप आवश्यक भए पनि अहिले थोरैलाइ मात्र दिन सकिएको स्विकार्दै एक वर्ष भित्रै खोप उपलब्ध गराएर नियमित अभियान संचालन गरिने बताए ।Shree prasad. Adhikari

यस्तैगरी सचिव देवकुमारी गुरागाईले यो खोपको शुभारम्भ हुनु खुशीको कुरा भएको बताउदै मन्त्रालय सबैलाई पुग्ने गरि खोप ल्याउन लागिपरेको बताइन ।

स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. संगीता मिश्रले अहिले १७ लाख किशोरीलाई यो खोपको आवश्यकता भएको र सबैका लागि पुग्ने गरि खोप उपलब्ध गराइदिन गाभीसँग प्रस्ताव गरेको र यसका गाभी सकारात्मक रहेकोले एक वर्षभित्र सबैका लागि खोप आईपुग्ने जानकारी दिइन ।

यो खोप विश्व स्वास्थ्य संगठन (डब्लुएचओ ) ले मान्यता प्रदान गरेको खोप हो । छ महिनाको अन्तरमा दुई डोज लगाउनु पर्छ । अहिले पहिलो डोज लगाएका किशोरीले ठिक ६ महिनापछि खोप लगाएकै अस्पतालमा अर्को डोज लगाउन जानुपर्ने छ ।

Dr. Shree prasad adhikari
Dr.shree prasad adhikari 

अस्पताल निर्देशक डा. श्रीप्रसाद अधिकारीले खोप २०६५ भदौ ३० देखि २०६६ भदौ ३० गतेसम्म जन्म मिति भएका किशोरीले मात्र खोप लगाउन पाउने बताए । खोप लगाउनका लागि उमेर खुल्ने प्रमाण लिएर आउनुपर्ने छ।

महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा. अभियान गौतमले प्रसूति गृहसहित कोशी प्रदेशमा कोशी अस्पताल, मधेश प्रदेशमा नारायण अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा भेरी अस्पताल नेपालगञ्ज, कर्णाली प्रदेशमा प्रदेश अस्पताल वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशमा डडेल्धुरा अस्पतालमा एचपीभी खोप लगाइने बताउनुभयो।

Tags: #government of NepalCorona Virus #Covid19Demonstrated CancerDr Shree prasad adhikariParopakar maternity and women hospital thapathali Kathmandu
Nisarga hospital Dhangadhi
Previous Post

डा. भगवान कोइरालाले अबदेखि वीर अस्पतालमा बिरामी जाँच्ने

Next Post

हेटौंडामा दुई चिकित्सकमाथि कुटपिट, दोषीलाई कारबाही गर्न चिकित्सक संघको माग

Related articles

धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रको बीमा सेवा धुलिखेल अस्पतालबाट सुरु
News

धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रको बीमा सेवा धुलिखेल अस्पतालबाट सुरु

15 hours ago
786
होस्टल व्यवसायी संघले वार्षिकोत्सबको अवसरमा रक्तदान
News

होस्टल व्यवसायी संघले वार्षिकोत्सबको अवसरमा रक्तदान

22 hours ago
836
नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले सीपीडी कार्यक्रम सुरु गर्ने तयारीमा
News

नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले सीपीडी कार्यक्रम सुरु गर्ने तयारीमा

1 day ago
876
पशुमा लाग्ने रोग ‘लम्पी स्किन’ देशब्यापी फैलिदा १.३४ अर्ब रुपैयाँ बराबरको क्षति
News

पशुमा लाग्ने रोग ‘लम्पी स्किन’ देशब्यापी फैलिदा १.३४ अर्ब रुपैयाँ बराबरको क्षति

1 day ago
786
Teaching hospital photo
News

त्रिवि शिक्षण अस्पतालमा ८ विशेषज्ञ चिकित्सकको लागि दरखास्त आह्वान

2 days ago
856
कागेश्वरी मनोहरा नगर अस्पतालले सेवालाई थप परिस्कृत र सेवाग्राहीमैत्री बनाउदै
News

कागेश्वरी मनोहरा नगर अस्पतालले सेवालाई थप परिस्कृत र सेवाग्राहीमैत्री बनाउदै

2 days ago
791
Next Post
हेटौंडामा दुई चिकित्सकमाथि कुटपिट, दोषीलाई कारबाही गर्न चिकित्सक संघको माग

हेटौंडामा दुई चिकित्सकमाथि कुटपिट, दोषीलाई कारबाही गर्न चिकित्सक संघको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Geta Eye Hospital Dengue Awareness Message
Health Office Kailali Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,193)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...