बिराटनगर, ३२ असार २०७९
प्रजातन्त्रवादी चिकित्सक संघ प्रदेश १ को अध्यक्षमा मा डा. फरवार्ड सिलवाल निर्विरोध निर्वाचित भएका छन्। शनिबार भएको कार्यक्रममा डा. सिलवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।
संघको वरिष्ठ उपाध्यक्ष डा. आलोक भण्डारी, उपाध्यक्षमा क्रमश डा. सुनिल रेग्मी, डा. दिपेश पोखरेल (झापा), डा. धन केशर खड्का (धरान) र डा. सुजन गौतम (इटहरी) चयन भएका छन्।
त्यस्तैगरी महासचिवमा डा. विपिन कोइराला, सचिवमा डा. राजाबाबु मण्डल र डा. तजेन्द्र कार्की, कोषाध्यक्षमा डा. ठाकुर कोइराला र सहकोषाध्यक्षमा डा. रौनक दाहाल चयन भएका छन्।
सदस्यहरुमा डा. पुरु कोइाला, डा. राजा सुवाल, डा. सन्जिव शाह, डा. हरि घिमिरे, डा. जुबिन सिलवाल, डा. विशम्भर यादव, डा. जितेन्द्र मण्डल, डा डोजेन्द्र बस्नेत, डा. फरेन्द्र शाह, डा. निलेश देव, डा. एलिशा कार्की, डा. अमित प्रताप शाह, डा. अस्मिता रायमाझी र डा. अनिता भट्ट चयन भएको संघले जनाएको छ।
यस्तैगरी सल्लाहकारहरुमा डा. नारायण कुमार, डा. शित्तल प्रसाद यादव, डा. योगेन्द्र मिश्र, डा. मदन कोइराला, डा. विश्वनाथ अधिकारी, डा. यज्ञराज पाठक, डा. नवराज कोइराला र डा. आनन्द आचार्य रहेका छन्।