काठमाडौं, १५ बैशाख २०७९
प्रजातान्त्रिक आयुर्वेद चिकित्सक संघको संयोजक सातै प्रदेशमा जिम्मेवारी दिइएको छ।
प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघका अनुसार उसको संगठन विस्तार तथा सुदृढिकरण गर्नका लागि भनि प्रादेशिक संयोजकको रुपमा जिम्मेवारी सुंपिदै जाने क्रममा प्रदेश नम्बर १ बाट डा. प्रदिप पाण्डे, मधेस प्रदेशबाट डा. शैलेन्द्र कुमार सिंह, बागमती प्रदेशबाट डा. लक्ष्मी बेलबासे, गण्डकी प्रदेशबाट डा. दिपक भुषाल, लुम्बिनी प्रदेशबाट डा. प्रवेश श्रीवास्तब, कर्णाली प्रदेशबाट डा. हेमन्त शाही र सुदुरपश्चिम प्रदेशबाट डा. चेतराज जोशीलाई संयोजकमा चयन गरिएको संघका अध्यक्ष डा.वंश दीप शर्मा खरेलले जानकारी गराउनु भयो।