काठमाडौं, २० चैत २०७८
शनिबार भएको नेपाल आयुर्वेद चिकित्सक संघको दशौं महाधिवेशनमा सहभागी हुन आएका प्रजातन्त्रमा आस्था राख्ने संपूर्ण आयुर्वेद चिकित्सकहरुको अलग्गै वृहत भेलाले प्रजातन्त्रवादी आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. वंश दीप शर्मा खरेललाई निर्विरोध चयन गरेको छ।
सोही दिन नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्ष पदमा डा. श्याम वावु यादव निर्वाचित भएका छन्। दिउँसो सोही स्थानमा भएको प्रजातन्त्रमा विश्वास राख्ने र नेपाली कांग्रेसमा आवध्द आयुर्वेद चिकित्सकहरुको सम्मेलनले एक ध्वनि मतबाट अध्यक्ष पदमा सर्व सम्मत निर्विरोध डा. खरेललाई चयन गरिएको छ।
डा. खरेल यस अघि सोहि संघका निवर्तमान माहासचिव हुनुका साथै संस्थापक सदस्य समेत हुनुहुन्छ।