काठमाडौं, २१ असोज २०८१
काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले दशैँ बिदामा पनि उपचार सेवा दिने भएको छ।
सार्वजनिक बिदाको दिन ओपिडी सेवा नचले पनि विरामीहरुले उपचार सेवा पाउने निर्देशक डा. श्रीप्रसाद अधिकारीले बताउनुभयो ।
अस्पतालले दशैँमा ४ दिन सार्वजनिक बिदा दिने गर्छ तर ती सार्वजनिक बिदाको दिनमा ओपीडी सेवा बन्द भए पनि सबै विरामीको उपचार इमर्जेन्सी सेवाबाट हुनेगरी २४ घण्टा नै चिकित्सकहरु परिचालित हुने निर्देशक डा. अधिकारीले बताए।
डा. अधिकारीका अनुसार ३ दिन हामीले सार्वजनिक बिदा नै गरेका छौँ। यसमा हाम्रो २४ घण्टा नै इमर्जेन्सी सर्भिस चल्छ‚ कुनै पनि विरामीहरुले अस्पतालमा बिदा छ ओपिडी चल्दैन भनेर कुनै समस्या परेर घर बस्नुपर्ने अवस्था हुँदैन । उहाँहरुलाई कुनै पेट दुखेमा, बच्चा कम चलेमा, ब्लड गएमा अथवा कुनै सामान्य समस्या पानी बगेमा र मलाई केही भयो कि भन्ने शंका लागेमा तुरुन्तै इमर्जेन्सीमा आएर जँचाउन गराउन डा. अधिकारीले अपिल गर्नु भएको छ।
डा. अधिकारीले सार्वजनिक बिदाको दिनमा पनि कुनै स्वास्थ्य समस्या भएका इमर्जेन्सीमार्फत २४ घण्टा नै विरामीहरुको उपचार हुने भएकाले त्यस्ता विरामीहरुले अस्पताल बन्द छ भनेर सोच्न नपर्ने बताए।
बिदामा पनि आफूहरुले उपचार २४ सै घण्टा सेवा दिने र त्यो इमर्जेन्सी कक्षमार्फत हुने पनि निर्देशक डा. अधिकारीले बताए।
डा. अधिकारीले बिदाको दिनमा पनि करिब १२ जना चिकित्सकहरुको समूह २४ घण्टा नै उपचारका लागि परिचालन हुने गरेको बताए।
‘गर्भवतीहरुले पनि बच्चा आज कम चल्यो, अथवा पानी बगेजस्तो भयो अथवा अलि पेट दुखेजस्तो भयो। उहाँहरुलाई मलाई केही भयो कि भन्ने शंका लाग्यो भने बिदाको दिन छ भनेर घर बस्नु पर्दैन, तुरुन्त इमर्जेन्सी डाईरेक्ट आउन सक्नु हुन्छ र ठिक छ भनेर भिडियो एक्सरे लगायतका गरेर बरु घर जान सकिन्छ‚’ उनले भने, ‘तर बिदाको दिन भनेर डाक्टर भेट्दैन कि भनेर सोच्नुपर्दैन। किनभने हामी डयुटीमा कम्तिमा हामी एमडी गरिसकेका १२ जना डाक्टरहरुको टिम दैनिक २४ घण्टा नै बसिरहेका हुन्छन्।’
अस्पतालमा हाल गर्भवती महिलाहरुको चाप बढेको छ। असार, साउन, भाद्र र असोजमा गर्भवतीको संख्या बढेर महिनामा करिब २ हजारको संख्या पुग्ने गरेको पनि डा. अधिकारीले बताए।