दार्चुला १८, बैशाख
लकडाउन भएको झण्डै एक महिनादेखि भारत पिथौरागढको धार्चुलाका क्वारेन्टाइनमा रहेका नेपाली मजदुरको उद्धार आज हुँदै छ। क्वारेन्टाइन अवधि सकिएपनि उद्धार हुन नसकेका नेपालीहरु ल्याउने विषयमा बुधबार अपरान्ह बसेको बैठकले बिहीबार बिहान उद्धार गरिने भएको हो।
सीमामा रोकिएका नेपाली ल्याउने विषयमा पटक–पटक छलफल भएपनि एकसातादेखि मिति पक्कापक्की भएको थिएन्। बुधबार बैतडी, दार्चुला र पिथौरागढका जिल्ला अधिकारीबीच उच्चस्तरीय सहमतिपछि उद्धारको लागि तयारी भएको हो। उनीहरुलाई आज बिहान ७ बजेदेखि उद्धार शुरु हुने प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए।