काठमाडौं, ०१ जेठ २०८०
दक्षिणकाली नगरपालिकाले खोज र खोप अभियानमा ४५ बालबालिकालाई लगाइएको छ।
“स्थानीय स्वामित्व र सहभागिता, पुर्ण खोप सुनिश्चितता – हाम्रो प्रतिबद्धता ” भन्ने मुख्य नारा सहित संचालन गरिएको पुर्ण खोप दिगोपना सुनिश्चितता कार्यक्रम अन्तर्गत नगरपालिकाको सबै ९ वटै वडामा घरधुरी सर्बेक्षण कार्य सम्पन्न भएको र जसबाट खोप लागाउन छुट भएका ५ बर्ष मुनिका बालबालिका हरुलाइ बैशाख महिनाको १५ र ३१ गतेको ” खोज र खोप” अभियान अन्तर्गत जम्मा ४५ जना बालबालिका हरुलाइ खोप लागाएको नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत विष्णु लामिछानेलेे जानकारी दिनुभयो।
उनले भने, जस अन्तर्गत टाइफाइड खोप ३८ जना, दादुरा रुबेला ८ जना, डिपिडी १ जना र जे इ ३ जना छन ।
खोज र खोप अभियानका क्रममा शुन्य डोज खोपको एकजना पनि बालबालिका नभेटिएको र खोप लगाउन छुट भएका बालबालिका हरुलाई खोजेर खोप लगाएकोले अब नगरपालिका पुर्ण खोप पालिका सुनिश्चितता भएको लामिछानेले बताए। यद्यपि यसको घोषण हुन भने बाँकी छ ।