डडेल्धुरा, ३० बैशाख २०८२
डडेल्धुरा अस्पतालले अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गरेर मनाएकाे छ ।
अस्पतालको नर्सिङ बिभाग मार्फत फरक फरक खेल प्रतियोगिता आयोजना गरेर गरी अन्तर्राष्ट्रिय नर्सिङ दिवस भब्यताका साथ मनाउनुको साथै प्रतियोगितामा उत्कृष्ट भएका नर्सिङ कर्मचारीलाई पुरस्कृत पनि गरेको छ।
कार्यक्रममा उपस्थित नर्सहरूले नर्सको स्वास्थ्य र कल्याणमा केन्द्रित भएर, नर्सिङहरूको सशक्तिकरणले स्वास्थ्य प्रणाली र अर्थतन्त्रलाई मजबुत बनाउने कुरामा जोड दिदै उनीहरूको शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्यमा लगानी गर्नु नै स्वास्थ्य प्रणालीको दीर्घकालीन सुदृढीकरणका लागि महत्त्वपूर्ण बिषय रहेको विचार व्यक्त गरेका छन् ।
नर्सिङ कर्मचारीले सुरक्षित र सहयोगी कार्य वातावरण सिर्जना गरेर नर्सहरूको दीर्घकालीन स्वास्थ्य र सेवाको गुणस्तर सुधार गर्नमा सम्बन्धित पक्ष सबै जिम्मेवार भई नर्सहरूको कल्याणमा लगानी गरेर देशकै स्वास्थ्य प्रणाली र अर्थतन्त्रलाई सुदृढ बनाउने बिषय तर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए ।
अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले नर्सिङ कर्मचारीहरु अस्पतालको एक मुख्य भुमीकामा भएकाले सेवा सुविधामा नियमले दिइने बताएका छन् ।