काठमाडौं, २६ भाद्र २०७९
क्रिष्टल डाइग्नोष्टिक र आईएमई डिजिटल सोलुसनबीच उपचार सम्बन्धी छुट दिने विषयमा सम्झौता भएको छ ।
सम्झौतासँगै अब आईएमई पेका ग्राहकले क्रिष्टल डाइग्नोष्टिकमा सेवा लिदा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
आईएमई पे बाट सेवा लिने ग्राहकले क्रिष्टलमा हुने सबै स्वास्थ्य परीक्षणमा १५ प्रतिशत छुट पाउने छन् । आईएमई पेका कर्मचारी र उनका परिवारले १५ प्रतिशत छुट पाउनेछन् । सम्झौतामा क्रिष्टल डाइग्नोष्टिकका सिईओ सुनिल राउत र आईएमई डिजिटल सोलुसन लिमिटेडका सिईओ अमोद भट्टराईले हस्ताक्षर गरेको आईएमई डिजिटल सोलुसनले बताएको छ ।