काठमाडौं, १४ माघ २०७७
नेपालमा खोप अभियानको पहिलो दिन ९ हजार भन्दा बढीले कोरोना (कोभिड-१९) विरुद्धको खोप लगाएका छन्। ६४ जिल्लाका ९३ खोप केन्द्रहरुबाट ९ हजार ८४ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा १ हजार २५५, प्रदेश २ मा ७ सय २६, बागमती प्रदेश मा २ हजार ६९४, गण्डकी प्रदेशमा १ हजार ८४३, लुम्बिनी प्रदेशमा ७ सय ३३, कर्णाली प्रदेशमा ७ सय ५१ र सुदूरपश्चिम प्रदेशमा १ हजार ८२ जनाले खोप लगाएका छन्।
खोप लगाएका व्यक्तिहरुमा हालसम्म कुनै पनि स्वास्थ्य समस्या नदेखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विज्ञप्ति मार्फत जानकारी गराएका छन्।
