म्याग्दी , १४ माघ २०७७
कोरोना भाइरस (कोभिड– १९) विरुद्धको पहिलो खोप बेनी अस्पतालका प्रमुख डा. जितेन्द्र कँडेलले लगाएर म्याग्दीमा पनि खोपको शुभारम्भ गरिएको छ ।
कार्यक्रममा जिल्ला समन्वय प्रमुख देबेन्द्रबहादुर केसीले खोपको प्रभावकारीता र सुरक्षित हुनेमा विश्वास व्यक्त गर्नुभयो । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी , बेनी नगरपालिकाका उपमेयर सञ्जु बरुवाल र गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका निति, योजना ,मापडण्द ,कानुन तथा जनस्वास्थ्य महाशाखाका प्रमुख शम्भु ज्ञवालीले कोरोना विरुद्धको खोप अभियान सफलताको कामना व्यक्त गरे ।
म्याग्दीमा माघ १४ गते खोप लगाउने सँख्या १३० जना पुगेको छ जसमा महिला ९७ र पुरुष ३३ जनाले खोप लगाएर सामान्य र सहज रुपमा कार्यक्रम सम्पन्न भएको म्याग्दी स्वास्थ्य कार्यालयका प्रमुख एक नारायण लम्सालले जानकारी दिनुभयो।