काठमाडौं, ०९ माघ २०७७
अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सबै नेपालीले कोरोनाविरुद्धको खाेप नि:शुल्क पाउने बताएका छन् । उनले सम्पुर्ण नेपालीले कोरोनाविरुद्धको निःशुल्क र गुणस्तरीय खोप उपलब्ध गराउन सरकार लागेको बताएका हुन् ।
बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीनिकट पत्रकारहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले कोरोनाविरुद्धको लडाइँ प्रभावकारी रुपमा अगाडि बढाएको पनि बताए ।

कोरोना भाइरसविरुद्धको खोप आज ‘बिहीबार’ मात्रै नेपाल आइपुगेको छ । भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप काठमाडौं आइपुगेको हाे।
Comments 6