काठमाडौँ, ०७ माघ २०७७
भारत सरकारले नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप दिने भएको छ । सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको खोप काेभिसिल्ड दिने भएकाे हाे । सो खोप भोलि अर्थात विहीबार काठमाडौँ आइपुग्ने भएको छ ।
स्वास्थ्य मन्त्रालयमा आज गरिएको पत्रकार सम्मेलनमा स्वास्थ मन्त्री हृदयेश त्रिपाठीले सो जानकारी दिएका छन। त्रिपाठीले भारतले यो खोप अनुदान सहयोगमा उपलव्ध गराएको समेत स्पष्ट पारे ।
कार्यक्रममा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले कोभिड महामारीमा भारत सरकारले नेपाल सहित छिमेकी देशहरुलाई समयमै खोप उपलव्ध गराई महानता प्रस्तुत गरेको भन्दै प्रशंसा गरे ।
उनले पहिलो चरणमा आएको खोप न्यायपूर्ण रुपमा वितरण हुने समेत प्रतिवद्धता गरे । `हामीले खोप पहिले कसलाई दिने भनेर प्राथमिकता निर्धारण गरिसकेका छौँ । त्यहि अनुसार नै यसको वितरण हुनेछ र यो एकदमै छिटो खोप लगाउने कार्यको प्रारम्भ पनि गरिनेछ´ ।