काठमाडौं, २३ फागुन २०७७
नेपालमा कोभ्याक्स अन्तर्गतको ३ लाख ४८ हजार डोज कोरोना खोप आज आउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हदयस त्रिपाठीले कोभ्याक्स अन्तर्गतको नि:शुल्क पाउने खोप आज ३ लाख ४८ हजार डोज आउन लागेको बताएका हुन्। युनिसेफ र विश्व स्वास्थ्य संगठन नेपालको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार काठमाडौंमा आयोजना गरेको स्वास्थ्य पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री त्रिपाठीले नेपाल कोभ्याक्सको प्राथमिकताको सूचीमा परेकाले छिट्टै खोप पाउन सकिएको बताउनुभएको छ।
कार्यक्रममा मन्त्री त्रिपाठीले आज बिहान ११ :१५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खोप आइपुग्ने जनाएको छ । यो खोपले पनि आफूहरुलाई जेष्ठ नागरिकलाई खोप दिनका लागि सहयोग गर्ने समेत बताए।