काठमाडौं, २३ फागुन २०७७
नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको करिब डेढ महिनापछि प्रधानमन्त्री ओलीले कोरोना खोप लगाउने भएका छन् ।
त्रिवि शिक्षण अस्पतालमा बिहान १० बजे पुगेर प्रधानमन्त्रीले केपी शर्मा ओलीले खोप लगाउने भएका छन्। शनिबार हिमालय होटेल कुपण्डोलमा पत्रकार सम्मेलन गरी स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले जानकारी दिनुभएको हो ।
स्वास्थ्य मन्त्रालयले आइतबारबाट ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई खोप दिँदैछ । सोही उमेर समूहमा पर्नुभएका प्रधानमन्त्री ओलीले खोप लगाउन लाग्नुभएको हो ।